बिहिबार , बैसाख १३, २०८१

काठमाडौं:

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले केहि दिन अघि मात्रै अहंकार बढे काग्रेसलाई पनि ठेगान लगाइदिने अभिव्यक्ति दिएका थिए ।

प्रचण्डले अभिव्यक्ति दिएको एक हप्ता नपुग्दै एमाले र माओवादी केन्द्र विच गठबन्धन भएको छ ।

स्थानिय तहको निर्वाचन परिणाम पछि अहिले देशैभरी जिल्ला समन्वय समितको निर्वाचन भइरहेको छ ,

कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेत जिल्लामा जिल्ला समन्वय समितिमा नेकपा माओवादी केन्द्र विच गठबन्धन भएको हो ।

सत्तारुढ गठबन्धन दलहरुबीच जिल्लाको भागवण्डा गरेर पाँच जिल्लामा कांग्रेस, चार जिल्लामा माओवादी र एक जिल्लामा

समाजवादीले प्रमुख पाउने भनेर प्रदेश संयन्त्रले निर्देशन दिएपछि त्यस विपरीत एमाले माओवादी गठबन्धन हुने भएको हो ।

एमालेले प्रमुखसहित ६ सदस्य तथा माओवादीले उपप्रमुखसहित तीन सदस्य पाउने भएको छ ।

यो सहमतिमा नेकपा माओवादी र एमालेका जिल्ला नेताहरूले सम्झौता गरिसकेका छन् ।

‘कांग्रेससँग हाम्रो सहमति हुन सकेन । कांग्रेससँगको सहमति भएकै कारण हामीले स्थानीय तहको निर्वाचनमा ठूलो क्षति व्यहोर्नुपर्यो’ माओवादी केन्द्रका एक नेताले भने,

केन्द्रले गरेको गठबन्धनबाट हामीले लोप्पा खाइसकेका छौँ । उस्तै परे हामी प्रदेश तथा संघीय निर्वाचनमा एमालेसँगै मिलेर जान सक्छौंं ।’

मन्त्री होस त राम कुमारी झाक्री जस्तो, चारैतिर उनको कामको चर्चैचर्चा प्रधानमन्त्री देउवा समेत भए दंग !

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा प्रभावकारी भूमिका खेलेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँग खुशी छन् ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको लागि पछिल्लो समय प्रभावकारी र समन्वयात्मक भूमिका निर्वाह गरेको भन्दै

प्रधानमन्त्री देउवाले मन्त्री झाँक्रीको मुक्तकण्ठले प्रशंसा गर्न थालेका छन् ।

हुन त काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको जस कसले लिने ? भन्ने होडबाजी चलेको छ ।

काठमाडौंका नवनिर्वाचित मेयर बालेन्द्र शाहले पनि यसको जस लिन खोजेका छन् ।

तर, स्थानीय तहको निर्वाचन हुनु अघिदेखि नै मन्त्री झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनको लागि दीर्घकालिन समाधान खोज्नुपर्ने भन्दै त्यही काममा बढि सक्रिय थिईन् ।

उनले मिडियामा पनि काठमाडौंको फोहोर व्यवस्थापन गरेरै छाड्छु भन्ने अभिव्यक्ति दिएकी थिईन् ।

काठमाडौं महानगरका नवनिर्वाचित प्रमुख र उपप्रमुख दुवैसँग मन्त्री झाँक्रीले मन्त्रालयमा गम्भीर छलफलसमेत गरेकी थिईन् ।

उनले आफ्नो तर्फबाट जस्तोसुकै सहयोग रहने भन्दै सोहीअनुसार काम गर्न आग्रह गरेकी थिईन् ।

मन्त्री झाँक्रीकै नेतृत्वदायी र हस्तक्षेपकारी भूमिकाका कारण काठमाडौं महानगरपालिका र बञ्चरेडाँडाबासीबीच फोहोर व्यवस्थापनसम्बन्धी १८ बुँदे सहमति भएको थियो ।

यसको लागि मन्त्री झाँक्रीले ठूलो मेहनत गर्नुपरेको थियो । यो सहमति भएसँगै काठमाडौंमा महिनौंदेखि थुप्रिएको फोहोर

हिजो (शुक्रबार) बाट धमाधम उठ्न थालेको छ । अहिले जताततै फोहोर उठाउन थालिएको दृश्य देख्न पाईन्छ ।

फोहोर उठ्न थालेपछि यसको जसले कसले लिने ? भन्ने होबाडजी पनि देखिएको चर्चा चल्न थालेको छ ।

प्रधानमन्त्री देउवाले भने काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा मन्त्री झाँक्रीले नै मुख्य भूमिका खेलेको भन्दै प्रसन्न छन् ।

मन्त्रीहरु र आफूनिकट नेताहरुसँगको आन्तरिक छलफलमा समेत प्रधानमन्त्री देउवाले काठमाडौंको फोहोर व्यवस्थापनबारे मन्त्री झाँक्रीले चमत्कार गरेको बताउने गरेका छन् ।

उनी मन्त्री झाँक्रीको कामबाट दंग परेका छन् । अहिले यो विषयमा बालुवाटारमा समेत चर्चा चल्न थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय