
अमेरिकाले राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ।
उनले ट्विटमार्फत् क्यारेबियन प्रिमियर लिग (सिपिएल ) २०१९ प्रतियोगितामा सहभागी हुन भिसाका लागि आवेदन दिएकोमा आफूलाई अमेरिकी राजदूतावासबाट भिसा दिन अस्वीकार गरिएको जानकारी दिएका छन्।
‘राष्ट्रिय क्रिकेट खेलाडीको रूपमा मैले सन् २०१६ यता विश्वका विभिन्न लिगमा देशको प्रतिनिधित्व गर्दै आएको छु,’ उनले लेखेका छन्, ‘भिसा अस्वीकृत भएकोमा म एददमै अचम्मित भएको छु।’

‘यो सब देखेर म हासिँरहेको थिएँ र शब्दविहीन भएँ। आवश्यक सम्पूर्ण कागजात हुँदाहुँदै पनि अस्वीकृत हुनु अचम्म छ,’ उनले लेखेका छन्, ‘एक खेलाडीको रूपमा सिपिएलमा सहभागी हुन अब कठिन बन्दैछ।’