बुधबार , असार २२, २०७९

काठमाडौं:

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन अघि अहंकार देखाए कांग्रेसलाई ठेगान लगाइदिने चेतावनी दिए।

स्थानीय तहको निर्वाचनमा कांग्रेसकै भोटको जगमा धेरै पालिका माओवादीले जितेको थियो।

चितवनको भरतपुर महानगरपालिकामा प्रचण्डपुत्री रेणु दाहाल कांग्रेसकै भोटले विजयी भएकी थिइन्।

यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिकाको अवस्था पनि उस्तै रह्यो।

अघिल्लो निर्वाचनमा भन्दा धेरै स्थानीय तह जितेको माओवादी चुनाव पछि भने कांग्रेसका प्रति आक्रमक बनेको छ।

एक हिसाबले भन्ने हो भने माओवादीका अध्यक्ष प्रचण्डलाई चुनावपछि ‘चर्बी’ चढेको छ। र, कांग्रेसलाई गाली गरेर उनले त्यो चर्बी पगाली रहेका छन्।

तर, २०७४ सालमा कांग्रेसलाई धोका दिएर एमालेसँग बाम गठबन्धन गरेपछिका तीन बर्ष उनले तनावमा विताउनुपरेको थियो।

तत्कालिन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको दुःख उनले कांग्रेस नेताहरुसँग पोखेका थिए।

खासगरी ओलीले प्रतिनिधिसभा विघठन गरेपछि प्रधानमन्त्री बनिदिन कांग्रेस सभापति शेरबहादुर देउवासँग विन्ति बिसाएका थिए।

देउवा निवास बुढानिलकण्ठ पुगेर उनले देउवासँग विन्ति बिसाएका थिए। त्यही बेला उनलाई कांग्रेस नेता रामचन्द्र पौडेलले कडा प्रश्न गरेका थिए।

जसको खुलासा नेपाल समयसँगको अन्तर्वार्तामा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गरेका छन्।

‘एकपटक के भएको थियो भने संसद् विघटनको भएको बेला बूढानिलकण्ठमा हामी छलफलमा थियौं। त्यसबेला कमरेड प्रचण्डले केपी ओलीजीले यसो गर्नुभयो,

उसो गर्नुभयो भन्दै हुनुहुन्थ्यो,’ शर्माले भनेका छन्, ‘त्यहीबेला रामचन्द्र दाइले ‘केपीले यसो गर्छन्, उसो गर्छन् भन्‍ने थाहा हुँदाहुँदैँ मिल्नु चाहीँ किन भएको थियो त?’

भनेर प्रश्न गर्नुभएको थियो। लगत्तै जवाफमा प्रचण्डले भन्नुभएको थियो, ‘मैले ज्ञान पाएँ।’ प्रचण्डजीमा त्यो ज्ञानको प्रकाश अहिले पनि जीवित छ भन्‍ने लाग्छ।’

ओलीले दिएको दुःख बुढानिलकण्ठमा मलिन अनुहार बनाएर सुनाएका प्रचण्ड अहिले कांग्रेसप्रति नै आक्रमक बन्नु नैतिक हिसाबले ठिक नभएको चर्चा अहिले राजनीतिक बजारमा चलिरहेको छ।

नेपालको सबैभन्दा ठुलो कम्युनिष्ट पार्टी हामी नै हो, अब माओवादी बहुमतसहित सरकारमा : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले देशको नेतृत्व नछाडेको बताउनु भएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरेपछि यही बैसाख ३० गते दोश्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचनको सन्दर्भमा आफ्नो

धारणा राख्दै अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियादेखि आजसम्मका सबै प्रक्रियामा माओवादीले नै नेतृत्व गरिरहेको बताउनभयो ।

स्थानीय तह निर्वाचनका सन्दर्भमा गठबन्धनमा लागेर माओवादीले नेतृत्व छाडेको टिप्पणी आइरहेका बेला प्रचण्डले सो कुरा बताउनु भएको हो ।

उहाँले गठबन्धन र अहिलेको स्थानीय तहको निर्वाचनमा माओवादीले नै नेतृत्व गरेको र गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको पनि बताउनु भएको छ ।

माओवादीले ‘जसको नीति उसको नेतृत्व’ भन्ने नारालाई स्थानीय तहको निर्वाचनमार्फत् स्पष्ट ढंगले कार्यान्वयन गर्ने पनि उहाँको भनाई छ ।

प्रचण्डले अहिलेको निर्वाचन विगतको भन्दा फरक भएको र अहिले प्रतिगमनलाई परास्त गरी संघीय गणतन्त्रलाई संस्थागत गर्ने निर्वाचन भएकाले परिवर्तनका पक्षधरलाई नै

मत दिएर जिताउन पनि आम मतदातालाई अपील गर्नुभएको छ । प्रस्तुत छ, अध्यक्ष प्रचण्डसँग स्थानीय तह निर्वाचनका केन्द्रीत रहेर गरिएको कुराकानी–

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि दोश्रोपटक देशैभरका ७ सय ५३ पालिकामा एकै चरणमा स्थानीय तहको निर्वाचन हुँदैछ,

निर्वाचनको माहोल कस्तो पाउनुभएको छ ? सबैभन्दा पहिलो कुरा निर्वाचनतिर जनताको अभिरुचि बढ्दै गएको देखेको छु । सबै राजनीतिक दलहरु आफ्ना एजेण्डा लिएर परिचालित छन् ।

वातावरण सकारात्मक नै बन्दै गएको महसुुस गरेको छु । यसपटकको निर्वाचनको मुख्य विशेषता के हो भने संविधान घोषणा भइसकेपछि

पहिलो निर्वाचन सामान्यतः संविधान कार्यान्वयनको प्रक्रियाको एउटा आधार खडा गर्ने निर्वाचनजस्तो थियो । तर यसपटकको निर्वाचन महत्वपूर्ण छ ।

किनकि गत सालदेखि संविधानलाई नै उल्ट्याउन खोज्ने र नेपाली जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेका उपलब्धिहरु समावेशी,

समानुपातिक प्रणाली, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता जे विशेषता छन्, तिनलाई उल्ट्याउन खोज्ने, जनताले प्राप्त गरेका मौलिक

अधिकारहरु जसले आर्थिक समृद्धिको आधारको भूमिका पनि खेल्छन्, तिनलाई पनि उल्ट्याउन खोज्ने एउटा प्रवृत्ति देखा पर्यो । हामी सबैलाई थाहा छ, प्रतिगमन विरोधी आन्दोलन नै गर्नुपर्ने स्थिति भयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय