
काठमाडौं:
फेरि वाम एकता गर्नुपर्ने आवाज उठाउनेमध्येकै एक नेतृ हुन् अष्टलक्ष्मी शाक्य ।
अस्ति सोमबार बेलुका बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सवा दुई घण्टासम्म भेटेकी उपाध्यक्ष अष्टलक्ष्मीले केपीलाई भन्नुभयो,
बागमती प्रदेशमा कांग्रेसले एकीकृत समाजवादी नेतृत्वको सरकार ढाल्न खोजेको छ । यदि इन्द्र बानियाहरूले अविश्वासकै
प्रस्ताव ल्याइदिए भने राजेन्द्र पाण्डेलाई भोट हाल्ने वातावरण बनाऔँ भनेको । यसो भयो भने फाटेको मन जोड्न बाटो खुल्छ ।’
अष्टको कुरा सुनेपछि केपीले खासै केही भन्नुभएन, ‘ए, हो र ?’ भन्दै कुरा टार्नुभयो ।
अनि, अष्टले फेरि जोड दिनुभयो, ‘घनश्यामजीलाई किन कारवाही गर्नुप¥यो रु आन्दोलनकै कुरा गरिरहनुभएको छ,
संयमित हुने बेला पो हो यो ।’ यसमा भने केपीले सुनेको नसुन्यै गर्नुभयो ।
निराश मनस्थितिमा त्यहाँ पुगेकी उहाँले बाहिर निस्किएर केही नेताको बीचमा सुनाउनुभयो, ‘प्रचण्ड, माधव र ओलीले बुझ्नुपर्दैन,
वाम गठबन्धन भएरै हामी बलियो भएको हो भन्ने कुरा १’ एकजनाले जवाफ दिए, ‘प्रचण्ड र माधवले बुझेर भएन, यता ‘बा’लाई बुझाउनु प¥यो नि १’
अष्टको जोड थियो, ‘यसरी कसरी आन्दोलन अगाडि बढ्छ रु यसरी जाँदा २० वर्षपछिको एमालेको कल्पना कसरी गर्ने रु के त्यतिबेलासम्म
यो पार्टी रहन्छ रु पार्टी कसलाई बुझाउने हो रु चुनावमा त ओलीले सकाएकै देखियो । परिणामले त्यही भन्छ ।’
स्मरण रहोस्, अष्टलाई ढिम्किन नदिएर सवा तीन वर्षसम्म डोरमणि पौडेललाई च्याप्नुभएका ओलीले आफ्नो सरकार जानै लागेको बेला डेढ–दुई
महिनाको निम्ति बागमतीको मुख्यमन्त्री बनाउनुभएको थियो ।रोचक कुरा त के भने अष्ट एमाले उपाध्यक्ष भएजस्तै उहाँलाई
विस्थापित गरी हाल मुख्यमन्त्री रहेका राजेन्द्र पाण्डे एमालेबाट विभाजित भएर बनेको नेकपा एसको उपाध्यक्ष नै हुनुहुन्छ ।
यस हिसावबाट अष्ट पनि व्यक्तिगत पूर्वाग्रह नराखी कम्युनिष्ट एकताप्रति चिन्तित रहेको प्रष्ट हुन्छ । केन्द्रीय कमिटीको बैठक बोलाउने र सबै
विषय सोही बैठकबाट छिनोफानो लगाउने सुझाव लिएर अष्टलक्ष्मी त्यसदिन बालकोट पुग्नुभएको थियो ।यसबीच एमालेका केही नेताले चुनावी परिणामको
समग्र समीक्षा र आगामी बाटोबारे छलफल निम्ति यथाशीघ्र केन्द्रीय कमिटी बैठक डाक्न अध्यक्ष ओलीलाई पत्र बुझाउने तयारी भैरहेको बुझिएको छ । जनआस्थाबाट ।