बिहिबार , चैत्र १५, २०८०

काठमाडौं:

केही दिनदेखि एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका

अध्यक्ष माधव कुमार नेपाललाईसमेत प्रधानमन्त्रीको अफर गरेको खबर सार्वजनिक भइरहेका छन् ।

अहिले फेरि एमाले अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई राष्ट्रपति

बनाउने प्रस्ताव आफू नेताहरुमार्फत पुर्याएका नेताहरुले बताएका छन् ।

ओलीले खनाललाई राष्ट्रपति बनाउने प्रस्तावसहित आसन्न प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा सत्तँ गठबन्धन टुटाएर बाम तालमेल गरेर अघि बढ्न आग्रह गरेका स्रोतको दा’बी छ ।

खनाल भने कम्युनिष्ट शक्ति एक हुनुपर्ने पक्षमा आफू रहेपनि ओलीको प्रस्तावलाई स्वीकारेर अघि बढिहाल्ने अवस्थामा आफू नरहेको बताइरहेका छन् ।

ओलीले विभिन्न प्रलोभन देखाएर अन्तिम अवस्थामा धो’का दिएको धेरै उदाहरणहरु रहेको भन्दै खनालले अहिले संवेदनशील बनेर अघि बढ्नुपर्ने समय आएको भनेका छन् ।

आगामी प्रदेश र संघको चुनावमा एमाले र एमाले वि’रो’धी गठबन्धन मात्रै चुनावमा जाने भएकाले तयारीमा जुट्न नेता कार्यकर्तालाई उनले निर्देशन दिँदै आएका छन् ।

तर, एमालेका दोस्रो तहका नेताहरु भने भित्रभित्रै वाम गठबन्धन गर्नुपर्ने भन्दै माओवादी नेतालाई भेट्न थालेका छन् ।एमालेबाट महासचिव शंकर पोखरेल,

उपाध्यक्ष विष्णु पौडेल, नेता घनश्याम भुसाल लगायत वाम गठबन्धनको पक्षमा देखिएका छन् ।

माओवादीबाट वर्षमान पुन, शक्तिबहादुर बस्नेत लगायत नेताहरु एमालेका नेताहरुको सम्पर्कमा रहेर भेटघाट जारी राखेका छन् ।

एमाले नेताहरु पार्टी एकता तत्काल गर्न सम्भव नभए पनि वाम गठबन्धन बनाएर प्रदेश र संघको चुनावमा जानुपर्ने मत राख्न थालेका छन् ।

स्थानीय चुनावबाट तेस्रो शक्तिका रुपमा कायम रहेसँगै माओवादी यतिबेला निर्णायक बनेको छ ।उसले जता गठबन्धन गर्यो, उतै बलियो हुने स्थिति छ ।

माओवादीको बार्गेनिङ पावर बढेसँगै एमाले नेताहरुले नै अग्रसरता लिएर कहिले प्रचण्डलाई प्रधानमन्त्रीको अफर, कहिले माधवकुमार

नेपाललाई प्रधानमन्त्रीको अफरका साथ निवास धाउने गरेका छन् । तर, स्थानीय चुनावपछि एमालेलाई ‘डाउन साईज’ गर्न सफल भएको भन्दै प्रचण्ड र माधवले,

यही गठबन्धनलाई कायम राखेर प्रदेश र संघको चुनावमा उसलाई थप कमजोर पार्ने रणनीति बनाइरहेका छन् ।एमाले उपमहासचिव पृथ्वीसुब्बा

गुरुङ भने आगामी प्रदेश र संघको चुनावमा वाम गठबन्धन बनाएर जानुपर्ने बताउँछन् ।

विगतमा केपी ओलीलाई एक्ल्याउन काँग्रेससँग अप्राकृतिक गठबन्धन बनाएकाले त्यसबाट देशको उन्नति नहुने गुरुङको भनाइ छ ।

तर, नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले एमालेसहितको वाम गठबन्धन हुँदै नहुने दाबी गर्छन् ।

यसअघि चुनावमा एमालेसँग वाम गठबन्धन गरेको स्मरण गर्दै नेकपा माओवादी केन्द्रका पूर्व स्थायी समिति सदस्य हरिबोल गजुरेलले त्यसमा टेकेर केपी शर्मा ओलीले पद,

प्रतिष्ठा प्राप्त गरेको बताए । नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव बेदुराम भुसालले वाम गठबन्धन एमालेहरुले चलाएको हल्लामात्र भएको बताएका छन् ।

यो पनि हेर्नुहोस,कार्यालयहरू तयार नहुँदै इम्बोस्ड प्लेट अनिवार्य, नजोडे कारबाही

संघीय सरकारले बाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सूचित गरेको छ ।

शुक्रबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले तोकिएका सवारीले इम्बोस्ड प्लेट जान नगरेमा कारवाही गर्ने चेतावनी दिएको छ ।

तर, सरकारले तोकेको कार्यतालिका बमोजिम इम्बोस्ड नम्बर प्लेट जडानका लागि प्रदेश सरकार अन्तरगतका यातायात कार्यालयहरु तयार छैनन् ।

प्लेटको गुणस्तर कमजोर भएको, पर्याप्त जनशक्ति र पूर्वाधार नभएको र यातायातको प्रणालीलाई इम्बोस्ड नम्बरसँग नजोडिएको भन्दै प्रदेश सरकार अन्तरगतका यातायात कार्यालयहरुले इम्बोस्ड प्लेट जडानमा उदासिनता देखाएका छन् ।

तर, इम्बोस्ड प्लेट छपाइको जिम्मा लिएको ठेकेदार कम्पनी टाइगर डेकाटोरको थप म्याद सकिन लागेपछि भुक्तानीका लागि दबाबमा परेको

यातायात विभागले प्लेट जडान नगरे सवारी धनीलाई नै कारवाही गर्ने चेतावनीसहित सूचना प्रकाशित गरेको प्रदेशका सवारी कार्यालयहरुको दाबी छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय