बिहिबार , चैत्र १५, २०८०

काठमाडौं:

स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको आरोपमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय सदस्य हरिनारायण महतोसहित १० जनालाई पार्टीबाट निष्काशन गरेको छ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीको हित विपरीत कार्य गरेको भन्दै एमालेका पूर्व जिल्ला अध्यक्ष तथा मिथिला नगरपालिकाका

पूर्वमेयर समेत रहेका हरिनारायण महतोले पार्टीको चुनाव चिह्न सूर्य छाप लिएर उम्मेदवारी दिएका उम्मेदवारलाई हराउने

गतिविधिमा लागेकाले उनलाई पार्टीबाट निष्काशन गरिएको एमाले जिल्ला कमिटीले जानकारी दिएको छ।

महतोसहित एमालेले स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णय विपरीत विद्रोह र अन्तरघात गरेको भन्दै प्रदेश कमिटी सदस्य सरोज कुमार मिश्र (जनकपुरधाम),

जिल्ला कमिटी सदस्य महेन्द्र महतो (गणेशमान चारनाथ नगरपालिका) र जिल्ला कमिटी सदस्य राजु गुप्तालाई समेत कारबाही गरेको छ।

त्यसैगरी जिल्ला कमिटी सदस्य रामभरोसी राय (विदेह नगरपालिका), जिल्ला कमिटी सदस्य हफिज अन्सारी (जनकपुरधाम),

जिल्ला कमिटी सदस्य हरिशचन्द्र कामत, जिल्ला कमिटी सदस्य कपिल राय (जनकनन्दनी गाँउपालिका), जिल्ला कमिटी सदस्य मनोज यादव (मुखियापट्टी मुसहरनिया)

तथा ईद मोहम्मद साफी (जनकपुरधाम)लाई कारबाही गर्दै पार्टीबाट निष्काशन गरिएको एमालेका मधेश प्रदेश अध्यक्ष रामअवतार यादवले बताए।

अध्यक्ष यादवले स्थानीय तहको निर्वाचनमा एमालेको सूर्य चिह्न लिएर उम्मेदवार भई चुनाव लडेका उम्मेदवारविरुद्ध प्रदेशभरमा प्रत्येक्ष र अप्रत्येक्ष रुपमा संलग्न अन्य

केन्द्रीय सदस्यदेखि जिल्ला कमिटी सदस्यहरु समेतको कारबाही प्रक्रियाको अन्तिम चरणमा रहेको जनाए। तर, अन्य जिल्लाबाट कारबाहीको सिफारिस आउन बाँकी रहेको बताए।

एमालेका केन्द्रीय सचिव तथा मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठले पार्टीको हित विपरीत कार्य गर्नेहरुलाई कारबाहीका लागि जिल्ला कमिटीले निर्णय गरी

प्रदेश कमिटीमा पठाएकोमा जिल्ला कमिटीको सो निर्णय विद्यानसम्मत रहेको भन्दै गत २२ गते नै प्रदेश कमिटीले कारबाहीको सो निर्णय अनुमोदन गरेको बताए।

नेपालको सबैभन्दा ठुलो कम्युनिष्ट पार्टी हामी नै हो, अब माओवादी बहुमतसहित सरकारमा : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले देशको नेतृत्व नछाडेको बताउनु भएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरेपछि यही बैसाख ३० गते दोश्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचनको सन्दर्भमा

आफ्नो धारणा राख्दै अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियादेखि आजसम्मका सबै प्रक्रियामा माओवादीले नै नेतृत्व गरिरहेको बताउनभयो ।

स्थानीय तह निर्वाचनका सन्दर्भमा गठबन्धनमा लागेर माओवादीले नेतृत्व छाडेको टिप्पणी आइरहेका बेला प्रचण्डले सो कुरा बताउनु भएको हो ।

उहाँले गठबन्धन र अहिलेको स्थानीय तहको निर्वाचनमा माओवादीले नै नेतृत्व गरेको र गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको पनि बताउनु भएको छ ।

माओवादीले ‘जसको नीति उसको नेतृत्व’ भन्ने नारालाई स्थानीय तहको निर्वाचनमार्फत् स्पष्ट ढंगले कार्यान्वयन गर्ने पनि उहाँको भनाई छ ।

प्रचण्डले अहिलेको निर्वाचन विगतको भन्दा फरक भएको र अहिले प्रतिगमनलाई परास्त गरी संघीय गणतन्त्रलाई संस्थागत गर्ने निर्वाचन भएकाले परिवर्तनका पक्षधरलाई नै

मत दिएर जिताउन पनि आम मतदातालाई अपील गर्नुभएको छ । प्रस्तुत छ, अध्यक्ष प्रचण्डसँग स्थानीय तह निर्वाचनका केन्द्रीत रहेर गरिएको कुराकानी–

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि दोश्रोपटक देशैभरका ७ सय ५३ पालिकामा एकै चरणमा स्थानीय तहको निर्वाचन हुँदैछ,

निर्वाचनको माहोल कस्तो पाउनुभएको छ ? सबैभन्दा पहिलो कुरा निर्वाचनतिर जनताको अभिरुचि बढ्दै गएको देखेको छु ।

सबै राजनीतिक दलहरु आफ्ना एजेण्डा लिएर परिचालित छन् । वातावरण सकारात्मक नै बन्दै गएको महसुुस गरेको छु ।

यसपटकको निर्वाचनको मुख्य विशेषता के हो भने संविधान घोषणा भइसकेपछि पहिलो निर्वाचन सामान्यतः

संविधान कार्यान्वयनको प्रक्रियाको एउटा आधार खडा गर्ने निर्वाचनजस्तो थियो । तर यसपटकको निर्वाचन महत्वपूर्ण छ ।

किनकि गत सालदेखि संविधानलाई नै उल्ट्याउन खोज्ने र नेपाली जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेका उपलब्धिहरु समावेशी,

समानुपातिक प्रणाली, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता जे विशेषता छन्, तिनलाई उल्ट्याउन खोज्ने, जनताले प्राप्त गरेका मौलिक अधिकारहरु जसले आर्थिक समृद्धिको

आधारको भूमिका पनि खेल्छन्, तिनलाई पनि उल्ट्याउन खोज्ने एउटा प्रवृत्ति देखा पर्यो । हामी सबैलाई थाहा छ, प्रतिगमन विरोधी आन्दोलन नै गर्नुपर्ने स्थिति भयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय