मंगलबार , बैसाख ११, २०८१

काठमाडौं ।

सत्ता गठबन्धन फुट्ने छाटकाट देखिएको छ । वर्तमान सत्तागठबन्धन फुटाउन सत्ताघटक दलहरुलाई नै रोल खेल्न थालेका हुन् ।

नेकपा एकिकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले तत्काल मन्त्री हेरफेर नगरे

गठबन्धनको सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।

पार्टीको सचिवालय बैठकको निर्णय अनुसार समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आइतबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीको नाम बुझाएका थिए ।

प्रधानमन्त्री देउवाले नयाँ मन्त्री नियुक्तिको सिफारिसमा आनाकानी गरेपछि वरिष्ठ नेता खनालले सिफारिस गरेका नामलाई तत्काल मन्त्रीमा नियुक्त गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् हेरफेरमा असहमति देखाएपछि सरकारलाई दिएको सर्मथन फिर्ता लिने उनको चेतावनी रहेको छ ।

यसअघि आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारमा ६ महिना पूरा भएका मन्त्रीहरू रामकुमारी झाँक्रि,

प्रेम आले, कृष्णकुमार श्रेष्ठ र विरोध खतिवडा, मेटमणी चौधरीलाई फिर्ता बोलाउने र उनीहरूको ठाउँमा नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो।

समाजवादीले स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई मन्त्रीमा बढुवा गर्ने, चौधरीसहित शेरबहादुर कुँवर,

जीवनराम श्रेष्ठलाई मन्त्री बनाउने र हिराचन्द्र केसीलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ ।

नेकपा एकीकृत समाजावदी ले मन्त्रीहरु फिर्ता बोलाएर नयाँ मन्त्रीहरु पठाउने निर्णय गरेपनि मन्त्रीहरुले पार्टी नेतृत्वलाई चूनौति दिएका छन् ।

उनीहरुले पार्टीले पूर्वाग्रह पालेर निर्णय गरेको भन्दै आफूहरु तत्काल सरकारबाट फिर्ता नहुने अडान लिएका छन् ।

हिजो बसेको सचिवालय बैठकले चार जना मन्त्रीहरुलाई फिर्ता बोलाउने र उनीहरुको ठाउँमा नयाँ मन्त्रीहरु ९मन्त्रालय हेरफेरसहित० पठाउने निर्णय गरेको थियो ।

तर, स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ र शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भने पार्टीको निर्णय नमान्ने चेतावनी दिएका छन् ।

उनीहरुले आज विहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेका छन् ।

उनीहरुले अहिले बजेट भर्खरै आएको र त्यसमाथि उठेका प्रश्नको जवाफ पनि दिन नपाउँदै सरकारबाट फिर्ता बोलाउने

निर्णय गर्नु गलत हुने भन्दै तत्काल मन्त्रीहरु हेरफेर नगर्न आग्रह गरेको बुझिएको छ।

श्रममन्त्री श्रेष्ठले त पार्टीमा आफूहरु १८ जना सांसद एकमत रहेको पनि दाबी गरे । उनले माधव नेपाललाई आफूहरुलाई हटाएर देखाउन चेतावनी पनि दिएका छन् ।

२४ सांसद रहेको नेकपा ९एकीकृत समाजवादी० मा १८ जना मन्त्रीहरुको पक्षमा रहेको उनको दाबी छ ।

पार्टीले भने अहिलेका मन्त्रीहरुलाई फिर्ता बोलाएर उनीहरुको ठाउँमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हिराचन्द्र केसीको नाम सिफारिश गरेको छ ।

अहिलेका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई भने स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिने भन्दै सोहीअनुसार प्रधानमन्त्री देउवालाई सिफारिश गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय