बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

स्थानीय तह निर्वाचन सकिएपछि दलको ध्यान आउँदै गरेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनतिर गएको छ ।

ठिक यही बेला सत्ता गठबन्धन नै अघि बढ्छ या यो भत्किएर अर्काे पुनः वाम गठबन्धन बन्छ भन्नेतर्फ धेरैको चासो देखिन्छ ।
पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने क्रममा सत्ता गठबन्धनको मुख्य घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

कांग्रेसमा पनि अहंकार बढे एमाले जस्तै बनाइदिने चेतावनी दिएपछि आगामी चुनाव र त्यसअघिकै राजनीतिक उछलकुदबारे बहस सुरु भएका छन् ।

पछिल्लो राजनीति, गठबन्धनको भविष्य र वाम गठबन्धनको संभावनाबारे अनलाइनखबरकर्मी बिनु सुवेदीले माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’सँग गरेको कुराकानीको सम्पादित अंश:

तपाईंकै भाषामा भन्दा कांग्रेस र एमालेलाई खबरदारी गर भनेर जनताले दिएको जनादेशलाई तपाईंले बार्गेनिङ टुल बनाउनुभयो भन्ने आरोप छ नि ?

बार्गेनिङ टुल बनाएकै छैन नि ! बार्गेनिङ टुल बनाउन खोजेको भए २०७४ को निर्वाचनपछि म पाँचै वर्ष प्रधानमन्त्री हुन्थें । प्रधानमन्त्री मुख्य होइन,

जनता मुख्य हो भनेर प्रधानमन्त्री बनिनँ । जनतासँग जे प्रतिबद्धता गरियो, त्यसप्रति नैतिक रूपले कायम रहन बाध्य छु ।

मलाई प्रधानमन्त्री चाहिएन भन्या होइन मैले ? यो त सबैलाई थाहा छ नि !

अहिले पनि प्रधानमन्त्री बन्नुुस्, निर्वाचन गराउनुस् भन्न मान्छेहरू आउँछन् नि ! आएका छन् । तर मैले भनेको छु, गठबन्धन छोड्दिनँ ।

संविधान, लोकतान्त्रिक गणतन्त्र, संघीयता र राष्ट्रियताको रक्षा निम्ति गठबन्धन बनाइयो, यसको आवश्यकता अहिले पनि छ । मलाई प्रधानमन्त्री चाहिंदैन अहिले पनि भनिरहेकै छु ।

त्यसैले मैले बार्गेनिङ गरें भन्ने प्रश्न कहाँबाट आउँछ ? मैले ‘सेक्रिफाइस’ गरेको किन मिडियाले भन्न चाहँदैन ? अनौठो त्यो लाग्छ !

प्रचण्डले ‘सेक्रिफाइस’ गरेको हुनाले केपी पनि तीन वर्ष प्रधानमन्त्री भए । प्रचण्डले ‘सेक्रिफाइस’ गरेकाले अरू पार्टीका पनि नेताहरू प्रधानमन्त्री भएका छन् ।

जसलाई प्रधानमन्त्री बनाउँदा प्रचण्डलाई सजिलो हुन्छ, उसैलाई बनाउने त गर्दै आउनुभएको होला नि ?

मलाई मात्रै सजिलो बनाउने भन्ने होइन । मलाई मात्रै सजिलो खोज्ने भए त आफैं प्रधानमन्त्री बन्थें नि ! देशलाई सजिलो कसरी हुन्छ ? के गर्दा संविधान र प्रणालीको रक्षा हुन्छ ?

जनतालाई कताबाट राहत दिन सकिएला भन्ने चिन्ता न हो मेरो । हिजो वाम गठबन्धन गर्दा राजनीतिक स्थिरता यताबाट आउला भन्ने सोचेर न गरेको हो ।

कांग्रेससँग गठबन्धन गर्दा पनि विकास, शान्ति, स्थिरताका लागि हो । मेरो निम्ति त मैले गठबन्धन बनाएको होइन । जनताले यही भूमिकासम्म गर है भन्दासम्म त म यही गर्छु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय