बिहिबार , बैसाख ६, २०८१

गोपाल प्रसाद भट्टराई / साउन २८, अर्घाखाँची

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका सचिवालय सदस्य गंगाराम खनाललाई पत्नीशोक परेको छ ।

नेकपा मसालको पार्टी सदस्य समेत रहनुभएकी सन्धिखर्क–४ वाङ्ला निवासी कमला खनाल (गंगा)को ५२ बर्षको उमेरमा निधन भएपछि नेता खनाललाई पत्नी शोक परेको हो ।

बिगत लामो समयदेखी स्वास्थ्य समस्या झेल्दै आउनुभएकी कमलाको सिभिल हस्पिटल काठमाण्डौंमा उपचारकै क्रममा हिजो दिउँसो निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

मृतक कमलालाई अन्तिम श्रदान्जली दिएपछि हिजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।दाहसंस्कार गर्नुपूर्व मृतक कमलाको पार्थिव शरीरमा ने.क.पा मसालका केन्द्रिय प्रवक्ता राम प्रकाश पुरीले पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

उहांलाई श्रदान्जली दिंदै प्रवक्ता पुरीले एक शाहसिक महिला नेतृ तथा मसालको एक असल कार्यकर्ता गुमाउंदा पार्टीलाई ठुलो क्षती पुगेको भन्दै दुःख व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीकी नेतृ समेत रहनुभएकी कमला खनालको निधनप्रती राजमो केन्द्रिय नेताहरु कृष्णराज पौडेल,मनोज भट्ट, अनेम संघ केन्द्रीय अध्यक्ष मिना पुन,शेर बहादुर वि.सी.यमलाल पोख्रेल लगायतले दुःख व्यक्त गर्दै श्रदान्जली व्यक्त गर्नुभएको छ ।

शोक कार्यक्रममा राजमो नेता कमल भुसालले नेपालको सामाजिक परिवर्तनमा मृतक कमलाले पु¥याएको भुमिकाको बारेमा चर्चा गर्नुभएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय