शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं:

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले अनुचित ढंगले आगामी

आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसलाई जनताको बीचमा भण्डाफोर गरेर लैजान पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले बजेट अनुचित,

विना सिद्धान्त र प्राथमिकताको आधारमा आएको भन्दै त्यसको भण्डाफोर हुने गरी जनताको बीचमा लैजान पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन् ।

बजेट अनुचित ढंगले, विनासिद्धान्त र प्राथमिकताका आधारमा आएकाले त्यसको भण्डाफोर गरेर अघि बढ पार्टीका अध्यक्ष

ओलीले निर्देशन दिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनले भने, ‘अध्यक्षले बजेट अनुचित ढंगले आएको,

सिद्धान्तहिन र प्राथमिकताविहीन ढंगले आएकाले त्यसलाई भण्डाफोर गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनु भएको छ ।’

बैठकले सरकारले ल्याएको बजेट विशुद्ध चुनावमा भोट माग्ने किसिमले आएको, मुलुकको अर्थतन्त्रको यथार्थलाई सम्बोधन गर्न नचाहेको हावादारी रहेको निष्कर्ष समेत निकालेको छ ।

बैठकमा अध्यक्ष ओली, पूर्व अर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे, डा. युवराज खतिवडाले बजेटबारे सांसदहरुलाई प्रशिक्षण दिएका थिए ।

त्यसैगरी पार्टी निकट बौद्धिक व्यक्तित्वहरु राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. पुष्पराज कँडेल,

योजना आयोगकै पूर्व सदस्य डा. दिनेशचन्द्र देवकोटाले पनि बजेटबारे आफ्नो धारणा राखेका थिए ।

बजेटको समीक्षा : देशलाई भड्खालोमा हाल्ने ‘अवस्तुवादी बजेट’को जनतामाझ भण्डाफोर गर्न सांसदहरूलाई ओलीकाे निर्देशन

एमाले अध्यक्ष केपी ओलीले सरकारले ल्याएको आर्थिक वर्ष ०७९/८० को बजेट कार्यान्वयन भए देशलाई भड्खालोमा जानबाट कसैले पनि रोक्न नसक्ने बताएका छन् ।

सोमबार बसेको संसदीय दलको बैठकमा उनले देशलाई भड्खालोमा हाल्ने ‘अवस्तुवादी बजेट’को जनतामाझ भण्डाफोर गर्न सांसदहरूलाई निर्देशनसमेत दिएका छन् ।

‘अहिलेको बजेट पूर्ण रूपमा देशलाई भड्खालोमा हाल्ने गरी ल्याइएको छ । देशको अर्थतन्त्रको समस्या सम्बोधन नगर्ने यस्तो बजेट कार्यान्वयन भयो

भने देशलाई भड्खालोमा पर्नबाट कसैले पनि जोगाउन सक्दैन,’ ओलीको भनाइ उद्धृत गर्दै प्रमुख सचेतक विशाल भट्टराईले भने,।

तपाईंहरूले देशलाई भड्खालोमा हाल्ने यस्तो बजेटको जनताको माझमा पुगेर भण्डाफोर गर्नुस्, तथ्य र तर्कका आधारमा सदनमा पनि शालीनताका साथ चिरफार गर्नुस् ।’

ओलीले स्रोतसमेत पहिचान नभएको बजेटमा व्यापारघाटा कम गर्ने, महँगी नियन्त्रण गर्ने कुनै पनि योजना नरहेको उल्लेख

गर्दै चुनावलाई लक्षित गरेर बनाइएको योजना कार्यान्वयन गर्न खोजिए अर्थतन्त्र नै तहसनहस हुने खतरा औँल्याए ।

उनले पाँच महिनापछि देशमा आमचुनाव हुने र त्यसपछि राजनीतिमा नयाँ कोर्स सुरु हुने भएकाले त्यसअनुसार नै जनताको बीचमा बजेटबारे भण्डाफोर गर्न निर्देशनसमेत दिएका थिए ।

‘पाँच महिनामा चुनाव हुँदै छ, त्यसपछि बजेट कार्यान्वयन गर्ने मान्छेहरू नै सरकारमा रहँदैनन्, देशको राजनीति नयाँ कोर्समा अगाडि बढ्छ,’

ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भने, ‘एमालेका सांसदहरू सदनमा व्यवस्थित ढंगले,

अध्ययनशील, तर्कशील र शालीन ढंगले प्रस्तुत हुनुस्, तथ्य र तर्कका आधारमा बजेट गलत छ भन्ने प्रमाणित गर्ने गरी तयारीमा लाग्नुस् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय