बिहिबार , बैसाख १३, २०८१

काठमाडौं:

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अब प्रधानमन्त्री बनेर देशको कार्यकारी अधिकार लिएर आफुले राम्रो काम गर्ने बताएका छन्।

राजनीति अस्थिरता, शुशासन, भ्रष्टचार, लोकतन्त्र र सामाजिक न्यायको कारणले नेपालमा विकास हुन नसकेको उनले बताए।

आफुहरु गठबन्धन नगरी गएको भए यो भन्दा रामो मत नआउने र संविधान, लोकतन्त्र, परिर्वतन र मुलुकलाई स्थिरतामा ल्याउन गठबन्धन गरेकोे पनि उनले बताए।

आफुले यो देशको कार्यकारीको अधिकार लिएर काम गर्ने चाहना भएकोले आफु अहिले पनि राजनीतिमा सक्रिय भएर लागिपरेको पनि उनले बताए।

उनले भने– म केही गर्न चाहान्छु, म त यो देशमा कार्यकारी अधिकार लिएर यो देशको राष्ट्रको उधार गर्ने चाहान्छु, अहिले सम्म प्रधानमन्त्री चलाउँनेहरुको काम हेरेको छु,

मलाई खस्स–खस्स लागे चाहि म नढाटि भन्छु, मलाई केही गर्न मन छ र मा अझै पनि पोलिटिक्समा सक्रिय छु’।

उनले अगाडी थपे, ‘अहिले पनि म केही गर्न चाहान्छु, यो देशको लागि म यो देशको लागि कुनै खास सिस्टम बसार यो देशलाई विकासको जग बसाएर यो मुलुकलाई एउटा बाटो दिन

चाहान्छु’।‘मंसिरमा गठबन्धन सहित कंग्रेसले सत्ताको नेतृत्व पाउछ, के तपाईनै प्रधानमन्त्री बनेर देश बनाउनुहुन्छ’ भन्ने प्रत्रकारको प्रश्नमा उनले भने..

‘हो हुन्छ त्यो आशा नभएको कारण केही राजनीतिमा हुदैन, देउवाले दिन्छन् दिदैनन् अकै कुरा आउँछ,

पाउने नपाउने कुरा अर्काे हो, कर्ममा तिम्रो अधिकार छ फलमा अधिकार छैन, त्यो त म पनि मान्छु,

फलमा मेरो अधिकार म अहिले हुन्छु भनेर ‘ग्यारेन्टी छैन, तर म एउटा लक्ष्य लिएर अगाडी बढेको मान्छे हो म गर्न चाहान्छु गर्ने चाहाना मेरो देशको

लागि केही गर्ने काम गरेर देशलाई राम्रो बनाएर देखाउँने मरो त्यो आंकाक्षा छ, कार्यकारी अधिकार प्रयोग गरेर नेपालको लागि

एउटा निर्णायक गर्न मौका पाउँने हो भने केहीन केही देशको लागि उपलब्धी पूर्ण काम हुन्छ’।

माओवादीले नवनिर्वाचित जनप्रतिनिधिलाई सत्ता संचालन तालिम दिने

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई सत्ता संचालन सम्बन्धी तालिम दिने भएको छ ।

आज बुधबार बसेको माओवादी पूर्व स्थायी समितिको बैठकले आगामी जेठ १८ र १९ गते स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई काठमाडौंमा प्रशिक्षण दिने निर्णय गरेको हो ।

उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक तथा अन्य विषय विज्ञहरुले सत्ता संचालन सम्बन्धी प्रशिक्षण दिन लागेका हुन् ।

नेकपा माओवादीले स्थानीय तह निर्वाचनमा ७५३ स्थानीय तहमध्ये १२१ स्थानीय तहमा जित हासिल गरेको छ ।

अघिल्लो स्थानीय तहको चुनावमा जितेका ३ दर्जनभन्दा बढि स्थानीय तह गुमाएपछि माओवादीले जनतामा प्रभावकारी काम कसरी गर्ने र

आफ्नो पकड कायम राखिरहने भन्ने बारे प्रशिक्षण गर्न लागेको हो । माओवादीले यसपटकको स्थानीय तह चुनावमा नयाँ पालिकाहरु थपेपछि पुराना पालिकाहरु गुमाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय