
काठमाडौं:
आइतबार बिहानबाट हराइरहेको तारा एयरको विमान भेटिएको छ ।
आइतबार पोखराबाट जोमसोमका लागो उडेको तारा एयरको जहाज बिहानैबाट सम्पर्कविहीन भएको विमान खोजीका लागि नेपाली सेनासहितको सेनाको हेलिकप्टर प्रयोग भएको थियो ।
मौसममा आएको खराबीको कारण आइतबार स्थगित भएको विमानको खोजी कार्य आज सोमबार बिहानैबाट थालिएको बताएको थियो ।
त्यस्तै आज बिहा नै नेपाली सेनाले आफ्नो ट्वीट खातामा एक पोष्ट सार्वजनिक गर्दै जहाज भेटिएको जनाएको छ ।
विमान भेटिएको खबर सार्वजनिक गरेको केही समयपछि नेपाली सेनाले यस तसबीर सार्वजनिक गरेको छ ।
भने विमानमा सवार यात्रुको अवस्था बारेमा केही खबर सार्वजनिक भएको छैन ।
भर्खरै आएको सुचना अनुसार विमानमा गएका मानिस मध्य १६ जना यात्रीको श’व फेला परेको छ । भोलि परिवारलाइ पहिचान गर्न लगाइने खबर प्राप्त भएको छ ।