
काठमाडौं ।
पछिल्लो डेढ दशक यता नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साम, दाम, दण्ड,
भेद प्रयोग गरेर देशको राजनीति आफ्नै वरिपरी घुमाउदै आएका छन् । करिब ५ बर्ष अघि देशमा प्रचण्डकै प्रस्तावमा वाम गठबन्धन बन्यो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्यतिखेर विरामी भएकाले रणनीतिक रुपमा प्रचण्डले वाम एकता गरेका र पछि आफूले
सोचेजस्तो नभई अर्कै भएकाले वामगठबन्धन फुटाएको आरोप पनि प्रचण्डमाथि लाग्दै आएको छ ।
अहिले प्रचण्डकै डिजाइनमा सत्तागठबन्धन छ र यसमा पनि प्रचण्डले नै निर्णायक रोल खेलिरहेका छन् । स्थानिय चुनावमा सत्तागठबन्धनले सन्तोषजनक नतिजा हात पारेको छ ।
अब प्रचण्डको वाम गठन्धनको धारण के छ र यसको अबको सम्भावनाबारे एक अनलाइनसँग भनेको कुरा जस्ताको तस्तै अबको क्रममाः
वाम गठबन्धन र कम्युनिस्टको एकता गरेर देशमा स्थायित्व र विकास हुन्छ भन्ने मान्यताबाट मैले प्रस्ताव गरेर अगाडि बढेको सबैलाई थाहा छ ।
तर लिडरसीप भनेको बढो गम्भीर कुरा हो । लिडरसीप गलत हुँदा दुर्घटना हुँदो रहेछ भन्ने देखिहाल्यौं ।
हामीले जे सोचेर एकता गरेको हो, त्यो भएन । त्यो प्रवृत्ति परास्त नभइकन तुरन्त वाम गठबन्धन वा एकता हुने म देख्दिनँ ।
अहिलेको निर्वाचन परिणामलाई सकारात्मक रुपमा लिएर कमी कमजोरी सच्याएर जाने खालको भयो भने भोलिका दिनमा वाम गठबन्धन हुँदैन भन्न सकिँदैन ।
स्थानीय निर्वाचनको परिणामपछि तछाड र मछाड गरेर फेरि गठबन्धन हुने म देख्दिनँ ।
हामीले पहिले दुर्घटनाको कुरा गरियो नि १ त्यो त ओलीजीबाटै सबै कुरा भएको त हो । या त ओलीजीले गल्ती भयो मबाट भनेर सार्वजनिक
रुपमा भन्ने र आफू रुपान्तरण हुने कुरा जनतालाई विश्वास दिलाउने वातावरण मिल्यो भने त्यसले एउटा हुने हो । तर त्यस्तो हुने म देख्दिनँ ।
उहाँलाई बाहिरबाट धेरै वर्षबाट चिनेकै हो । साढे तीन वर्ष एउटै पार्टी कमिटीमा बसेर, दुई वटा अध्यक्ष भएर नजिकबाट मैले जे हेरेँ, उहाँ आत्मालोचना गर्ने मान्छे होइन । उहाँले गर्नुहुन्न ।
उहाँको प्रयोग असफल भयो । एक्लै पार्टीलाई लिएर देखाइदिन्छु भन्ने कुरा पटकपटक तोडिएको छ ।
बालुवाटारबाट बालकोट जाने परिस्थिति उहाँकै अहंकारले बन्यो । सातै प्रदेश सरकारबाट ‘आउट’ हुने उहाँकै अहंकारले बनेको हो । राष्ट्रियसभाको चुनाव हेर्नुस् ।
उहाँकै अहंकारले ‘आउट’ नै भयो भने पनि हुन्छ । बार एसोशिएसन हेर्नुस् । ‘आउट’ नै हुने अवस्था बन्यो ।
अन्ततः अहिले स्थानीय चुनावमा आएर राम्रैसँग उहाँको अहंकारमाथि जनताले जवाफ दिएका छन् ।
यही गठबन्धन जान्छ । त्यसमा कोही द्विविधामा पर्नु हुँदैन । एमालेकै नेताहरुले वाम गठबन्धनको कुनै सम्भावना छैन,
एमाले संघ र प्रदेशको चुनावमा एक्लै जान्छ भनेर सार्वजनिक रुपमा बोलिराख्नु भएको छ ।
यो प्रदेश र संघको चुनावसम्म संविधान विरोधी, लोकतन्त्र विरोधी, निरंकुश प्रवृत्ति,
अंहकार र दम्भले भरिएको प्रवृत्ति परास्त भएको देखिने र रुपान्तरण भएको देखिने स्थतिमा एउटा स्थिति हुन सक्छ । त्यो भोलि हुन सक्छ ।
त्यसका लागि अहिले नै भन्न उचित हुँदैन । म आफै वाम गठबन्धन पक्षधर हुँ । त्यो कुरा गहिरोगरी भन्दै छु । अहिले नै ओलीजीसँग सहकार्य वा तालमेल हुने स्थिति देख्दिनँ ।
यही गठबन्धन जान्छ । त्यसमा कोही द्विविधामा पर्नु हुँदैन । एमालेकै नेताहरुले वाम गठबन्धनको कुनै सम्भावना छैन,
एमाले संघ र प्रदेशको चुनावमा एक्लै जान्छ भनेर सार्वजनिक रुपमा बोलिराख्नु भएको छ ।
त्यसैमा स्पष्ट छ, एमाले आफै पनि तयार छैन । हामी यही गठबन्धनलाई अगाडि लिएर जाने पक्षमा छौं । म तत्काल वाम गठबन्धनको सम्भावना देख्दिनँ ।