शुक्रबार , चैत्र १६, २०८०

काठमाडौँ –

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले बालेन राजनीतिक दलका लागि खतरा भएको वताएका छन् । बालेनकै कारण अव धेरै बालेन जन्मन सक्ने उनलाई डर छ।

आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै नेता खनालले बालेनहरूले राज्य गरे

राजनीतिक दलको अस्तित्व समाप्त हुने बताए। दलहरू संविधानको मर्मअनुसार अघि नबढ्दा राजनीतिक दललाई संकट पर्ने उनको भनाइ छ।

‘संविधानको मर्मअनुसार अघि बढेनौँ भने इतिहासमा पछि पर्छौँ। र धेरै बालेनहरू जन्मनेछन्’ उनले भने–‘बालेनहरूले राज्य गर्नेछन्। दलको अस्तित्व समाप्त हुँदै जानेछ।’

अब सुरु हुन्छ बालेनको असली परीक्षा: बालेन शाह काठमाडौँ महानगरपालिकाको प्रमुखमा लोकप्रिय मतसहित विजयी भइसके तर औपचारिक घोषणा हुन बाँकी छ।

महानगरवासीले भारी मतले पत्याएका उनको परीक्षण हुन बाँकी छ।

प्रतिस्पर्धी सत्ता गठबन्धनको समर्थनमा कांग्रेसकी उम्मेदवार सिर्जना सिंह र एमालेका केशव स्थापितभन्दा दुई गुणा मत ल्याएर उनी महानगरको नेतृत्व सम्हाल्दै छन्।

बालेनले मेयरमा उम्मेदवारी दिएदेखि उनीबारे सकारात्मक र नकारात्मक टिप्पणी भएका थिए।

उनले कांग्रेसकी उम्मेदवार सिंह र एमालेका स्थापितको केही मत काट्छन् भन्ने मात्रै आकलन भएका थिए।

प्रमुख भनिएका दलका प्रतिनिधिलाई सीमित व्यक्तिमाझ परिचित र्‍याप गायक तथा इन्जिनियरले हराउलान् भन्ने थोरैलाई मात्रै लागेको थियो।बालेनको दल छैन,

संगठन छैन, मेयरको उम्मेदवारको लागि रहर मात्रै गरेका हुन् भन्नेहरू पनि थिए।

उनी काठमाडौँ महानगरमा मतदाता नभएका युवा र सामाजिक सञ्जालमा मात्रै भाइरल भएका हुन् मेयरचाहिँ सिर्जना वा स्थापितमध्ये एक हुन्छन् भनेर विश्लेषण पनि नभएका

होइनन्। तर, ०७४ को निर्वाचनमै मेयरमा उम्मेदवारी दिने तयारी गरेका बालेनले यो पाँच वर्षमा आफूलाई तयारी गरेर चुनावमा उठेका रहेछन् भन्ने उनको मतपरिणामले पुष्टि गरिदिएको छ।

वैशाख ३० गते मतदानको दिन मतदानस्थल र केन्द्रमा देखिएको बालेनको लोकप्रियताले मुख्य दलबाट प्रतिनिधित्व गरेका उनका

प्रतिस्पर्धी उम्मेदवार र दल र उम्मेदवारका खास कार्यकर्ता हच्किएका थिए भने स्थानीयले बालेनले जित्छन् भनेर अड्कलबाजी लगाउन थालेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय