बिहिबार , चैत्र ९, २०७९

काठमाडौं:

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो फराकिलो मतान्तर बढाउँदै लगेका छन्।

३२ वडा रहेको महानगरमा गणना गरिएको २३ वटा वडाबाट शाहले ५१ हजार भन्दा बढी मत पाइसकेका छन्।

सार्वजनिक भएको पछिल्लो मत गणनाको विवरणअनुसार एक लाख ५७ हजार ८ सय ५६ मतगणनामा बालेनले ५१ हजार ५९६ मत पाएका हुन्।

उनले दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई १९ हजार १६६ मतले पछि पारेका छन्। सिंहले ३२ हजार ४३० मत पाएकी छन्।

यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३१ हजार ८५६ मत पाएका छन्। स्थापित सिंहभन्दा ५३४ मतले पछि परेका छन्।

अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ को नतिजा आइसकेको छ।

वडा नम्बर १३, १४, १५, १६, १७, १८, १९, २० र २१ को मतगणना राष्ट्रिय सभागृहमा जारी छ।

गणना भइरहेका वडामध्ये १३, १४, १५ र १६ मा बालेनको अग्रता छ। त्यस्तै १८, २० र २१ मा स्थापितको अग्रता छ। यस्तै १९ नम्बर वडामा सिर्जनाको अग्रता छ।

महानगरका हालसम्म १४ वटा नेपाली कांग्रेसले जितेको छ। यस्तै एमालेले हालसम्म ९ वटा वडा जितेको छ।

कांग्रेसले ६,७,८,९,१०,११, १२, २४, २५, २६, २७, २८, २९, ३० वडा जितेको छ। यस्तै वडा नम्बर १, २, ३,४, ५, २२, २३, ३१, ३२ मा एमालेले जितेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय