बिहिबार , बैसाख १३, २०८१

काठमाडौं ।

काठमाडौं महानगरपालिकाको मतपरिणामा विवाद भएको छ । महानगरको वडा नं २९ को ६४ मत गायब भएपछि नेकपा

एमालेका पराजित उम्मेदवार शिवराम राजवंशी अदालत जाने भएका हुन्।

निर्वाचन आयोगले नेपाली कांग्रेसका उम्मेदवार कुश ढकालसहितको प्यानललाई विजयी भएको घोषणा गरेपछि एमाले अदालत जान लागेको हो।

एमाले काठमाडौं जिल्ला सदस्य कृष्ण खरेलले दिएको जानकारी अनुसार काठमाडौं महानगरपालिका २९ वडामा ५ हजार आठ मत खसेको मुचुल्कामा देखिन्छ।

अन्त्यमा ४ हजार ९ सय ४४ मत गन्दा मतपत्र सकियो। त्यसमध्ये २ सय ९ मत बद्दर भएको छ। बाँकी मत कता गयो भन्ने विषयमअदालत जान लागेको एमालेले जनाएको छ।

आफूले बाकी मतको विषयमा प्रश्न उठाउँदा आयोगले एक पक्षीय ढङ्गले कांग्रेसका उम्मेदवारलाई विजयी घोषणा गरेको एमालेको आरोप छ।

हराएको मत स्पष्ट जवाफ नदिई विजयी घोषणा नगर्न एमालेले निर्वाचन आयोगसँग आग्रह गरेको थियो।

उम्मेदवार विजयी भएको घोषणा गरिसकेपछि निर्वाचन आयोगले उजुरी नलिने बताएपछि अदालत जानका लागेको बताइएको छ।

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतपरिणामा विवाद भएको छ ।

महानगरको वडा नं २९ को ६४ मत गायब भएपछि नेकपा एमालेका पराजित उम्मेदवार शिवराम राजवंशी अदालत जाने भएका हुन्।

निर्वाचन आयोगले नेपाली कांग्रेसका उम्मेदवार कुश ढकालसहितको प्यानललाई विजयी भएको घोषणा गरेपछि एमाले अदालत जान लागेको हो।

एमाले काठमाडौं जिल्ला सदस्य कृष्ण खरेलले दिएको जानकारी अनुसार काठमाडौं महानगरपालिका २९ वडामा ५ हजार आठ मत खसेको मुचुल्कामा देखिन्छ।

अन्त्यमा ४ हजार ९ सय ४४ मत गन्दा मतपत्र सकियो। त्यसमध्ये २ सय ९ मत बद्दर भएको छ। बाँकी मत कता गयो भन्ने विषयमअदालत जान लागेको एमालेले जनाएको छ।

आफूले बाकी मतको विषयमा प्रश्न उठाउँदा आयोगले एक पक्षीय ढङ्गले कांग्रेसका उम्मेदवारलाई विजयी घोषणा गरेको एमालेको आरोप छ।

हराएको मत स्पष्ट जवाफ नदिई विजयी घोषणा नगर्न एमालेले निर्वाचन आयोगसँग आग्रह गरेको थियो।

उम्मेदवार विजयी भएको घोषणा गरिसकेपछि निर्वाचन आयोगले उजुरी नलिने बताएपछि अदालत जानका लागेको बताइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय