शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं-

स्थानीय तहको निर्वाचनको परिणाम आउने क्रम जारी छ। यसपटकको निर्वाचनमा नेपाली कांग्रेस पहिलो दल बनेको छ।

दोस्रोमा एमाले र तेस्रोमा नेकपा (माओवादी केन्द्र) रहेको छ। स्थानीय तहको निर्वाचनको पूरा परिणाम नआउँदै सत्ता गठबन्धन भत्किन लागेको चर्चा पनि सुरु भएको छ।

अहिलेको निर्वाचनको परिणामबाट माओवादी केन्द्र उत्साही बनेको छ। उसले ०७४ को निर्वाचनभन्दा आफूलाई सुधारमात्रै गरेन,

देशको सत्ता राजनीतिको निर्णायक शक्तिको रुमा पनि स्थापित गरेको छ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुले स्थानीय तहको निर्वाचनको परिणाम सुखद् रहेको प्रतिक्रिया दिईरहेका छन्।

तर, एकीकृत समाजवादी र जनता समाजवादीका केही नेताहरुले भने नेपाली कांग्रेस र माओवादी केन्द्रले चुनावमा इमानदारिता नदेखाएको गुनासो भने गरेका छन्।

एमालेले भने यसपटकको निर्वाचनमा ६ वटै महानगर गुमाउने अवस्था छ।

आगामी मंसिरसम्म संघ र प्रदेशको निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भने अहिले नै प्रधानमन्त्री बन्ने अफर आएको चर्चा पनि चलेको छ।

एमालेको नेतृत्व तहबाट नै दाहाललाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको माओवादी केन्द्रनिकट उच्च स्रोतको दाबी छ।

तर, दाहालले भने एमाले नेतृत्वलाई आफू प्रधानमन्त्री बन्नकै लागि अहिलेको गठबन्धन तोड्ने पक्षमा नरहेको जवाफ दिएका छन्।

उनले पाँच दलीय गठबन्धन भत्काउनको लागि अहिले षड्यन्त्र भैरहेको पनि टिप्पणी गर्ने गरेका छन्।

स्थानीय तहको निर्वाचन सुरु नहुँदै कांग्रेसका शीर्ष नेताहरुले पनि दाहाललाई यो गठबन्धन कायम रहन्छ कि रहँदैन?

कतै कांग्रेसलाई धोका दिने हो कि? भन्दै गठबन्धनको भविष्यबारे सुनिश्चितता खोजेका थिए।

भरतपुरमा आयोजित चुनावी सभामा कांग्रेसका नेताहरुले दाहालसामू यस्तो प्रश्न गरेका थिए।

त्यतिखेर पनि दाहालले आफू गठबन्धनप्रति ईमानदार बनेको भन्दै विश्वास गर्न आग्रह गरेका थिए।

अहिले एमाले नेतृत्वबाट दाहाललाई संघको चुनाव गराउनेगरि प्रधानमन्त्री बन्न प्रस्ताव आएपनि दाहाल भने गठबन्धन तोडेर त्यस्तो प्रस्ताव

स्विकार गर्ने पक्षमा छैनन् उनले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा तीनै तहको निर्वाचन हुने दाबी गर्दै आएका छन्।

हालै पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा पनि दाहालले यही दाबी गरेका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय