बिहिबार , चैत्र १५, २०८०

काठमाडौ

चितवनमा माओवादी केन्द्रले खाता खोलेको छ । इच्छाकामना गाँउपालिका १ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका सन्तबहादुर राना विजयी भएका छन् ।

उनले नेकपा एमालेका उम्मेदवारलाई १० मतको झिनो अन्तरमा पराजित गरेका हुन् ।

मतगणना अपडेट : काठमाडौंमा बालेनको अग्रता कायमै, कांग्रेस दोस्रो, एमाले तेस्रोकाठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् ।

एक हजार मतगणना गर्दा बालेन शाहले ४८०, कांग्रेसकी सिर्जना सिंहले २८० र एमालेका केशव स्थापितले २०० मत ल्याएका छन् ।

राप्रपाका मदनदास श्रेष्ठले २१ मत ल्याएका छन् ।वडा नम्बर १,२,३ र ३२ को मतगणना जारी रहेको छ ।

लिमीको मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिने: हुम्ला — नाम्खा गाउँपालिका ६ लिमीको मतपेटिका आइतबार मात्र हेलिकोप्टरबाट ढुवानी हुने भएको छ ।

मतदान कार्य वैशाख ३० गते शुक्रबार नै सम्पन्न भए पनि शनिवार हेलिकोप्टरको व्यवस्था हुन नसकेपछि आइतबार मात्र लिमीका मतपत्र ढुवानी हुने भएको हो ।

बराहाल दल गुल्म रानीवनका गुल्मपति गणेश खड्काका अनुसार शनिबार हेलिकोप्टरको व्यवस्था हुन नसकेपछि आइतबार मात्र लिमीका तीन वटा मतदान केन्द्रका मतपेटिका

हेलिकोप्टरबाट ढुवानी हुने बताइएको छ । लिमीबाट आउने नारा र न्यालु लेकमा हिउँ जमेको कारण तीन मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट ल्याउन लागिएको हो ।

लिमीका तीन वटा मतदान केन्द्रहरुमा हिमशिखर प्रावि तिल, सुनखानी प्रावि हल्जी र भृकुटी प्रावि जाङमा ५ सय भन्दा बढी मत खसेको छ ।

लिमीमा मतदान कार्य गर्न खटिएका कर्मचारीहरु चार हजार आठ सय मिटर अग्लो नारा लेकको हिउँ सशस्त्र प्रहरीको सहयोगमा छिचोलेर पार गर्न सफल भएका हुन् ।

मतदान र अघिल्लो दिन लिमी जाने दुवै लेकमा हिमपात भएपनि कर्मचारी पैदल आउन नसक्ने अवस्था थियो ।

यसका लागि दुई दिन ढिलो गरि भए पनि निर्वाचन आयोग मतपेटिका हेलिकोप्टरमा ढुवानी गर्न राजी भएपछि जेठ १ गते मतपेटिका गाउँपालिका केन्द्र याल्वाङ आउने भएका हुन् ।

लिमीको मतपेटिका नआउदासम्म नाम्खा गाउँपालिकाको मत गणना नहुने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय