बिहिबार , चैत्र १५, २०८०

काठमाडौं:

काठमाडौं महानगरको वडा नम्बर २७ को पहिलो मतपरिणाम प्राप्त भएको छ ।

कोर एरियाभित्र पर्ने यो वडामा एमालेका केशव स्थापितले सुरुवाती अग्रता लिएका छन् । यो वडा महावौद्ध क्षेत्र पर्छ ।

हामीलाई प्राप्त पहिलो अपडेट अनुसार २०० मत गन्दा स्थापित एक्लैले ११८ मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार बालेन साहको ३२ मत आएको छ भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ मत मात्र प्राप्त गरेकी छन् ।

यो पनि, निर्वाचन आयोगले स्थानीय निर्वाचनको ८० प्रतिशत परिणाम आइसकेको जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ७५३ मध्ये ५७० स्थानीय तहको पूर्ण नतिजा आइसकेको जानकारी दिए ।

‘अहिलेसम्म ५७० स्थानीय तहको पूर्ण परिणाम आएको छ । १७४ नगर प्रमुखरउपप्रमुख, ३९६ गाउँपालिका अध्यक्षरउपाध्यक्ष निर्वाचित भइसक्नुभएको छ ।

३५ हजार २२१ जनप्रतिनिधिमध्ये २९ हजार ३ण्३ जना निर्वाचित भइसक्नुभयो’, प्रवक्ता पौडेलले भने ।

पौडेलका अनुसार मतगणना बाँकी रहेका स्थानीय तहमा गणकहरुको संख्या बढाएर जतिसक्दो चाँडो परिणाम सार्वजनिक गराउन आयोगले निर्वाचन अधिकृतहरुलाई

निर्देशन दिएको छ । पुनः मतदान भएका तहहरुको हकमा मतदान सम्पन्न भएको मितिले ४ दिनभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको आयोगले जनाएको छ ।

जेठ ५ गतेभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने आयोगको लक्ष्य विभिन्न कारणले पूरा नभएको प्रवक्ता पौडेलले बताए ।

परिणाम नआएका स्थानीय तहहरु रिक्त हुने वा त्यसको संवैधानिक अवस्था के हुने भन्नेमा सरकारले नै निर्णय गर्नुपर्ने आयोगको भनाइ छ ।

‘जुन पालिकाहरुमा नयाँ पदाधिकारीहरुले पद सम्हाल्ने स्थिति हुँदैन, त्यहाँ केही दिनले त्यति ठूलो फरक त नपर्ला ।

तर, त्यो समयमा रिक्त हुन्छ वा हुँदैन वा के हुन्छ भन्नेमा निर्वाचन आयोगले भन्दा सरकार र संघीय मन्त्रालयले भन्नु उपयुक्त हुन्छ’, पौडेलले भने ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय