बिहिबार , बैसाख १३, २०८१

काठमाडौँ –

भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले निरन्तर अग्रता बढाउँदै लगेकी छन् ।

शुक्रबार साँझ पौने ७ बजेको विवरणअनुसार रेनुले अहिले सम्मकै ठूलो अग्रता बनाएकी हुन् ।

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले ३ हजार ४४२ मतको अग्रता बनाएकी छन्।

हालसम्म गणना भएको मत ५९ हजार ७२५ मा दाहालले २३ हजार १५४ मत पाएकी छन्।

यस्तै, उनलाई पछ्याइरहेका नेकपा (एमाले) का विजय सुवेदीले १९ हजार ७२२ मत ल्याएका छन्।

कांग्रेसबाट विद्रोह गरेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल ८ हजार ५१३ मतसहित तेस्रो स्थानमा छन्।

उपमेयरमा गठबन्धनका चित्रसेन अधिकारीले २५ हजार ३९२ र एमाले-राप्रपा गठबन्धनकी हिमला गुरुङले १५ हजार ५३८ मत ल्याएकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय