मंगलबार , बैसाख ४, २०८१

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचार नियन्त्रणमा सरकारले गम्भीर भएर काम गर्नु पर्ने बताएका छन् । काठमाडौंमा सोमबारदेखि सुरु भएको ‘नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन’को उद्घाटन गर्दै उनले बजेटको ठुलो हिस्सा भ्रष्टाचार हुने गरेकाले मुलुक अघि बढन नसकेको बताए ।

भ्रष्टाचार नियन्त्रणमा सरकार गम्भीर हुनु पर्ने नेपालको भनाइ थियो । नेपालले युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्नुपर्ने आवश्यकता औंल्याए । उत्पादन वृद्धि गरेर आम्दानी बढाउने र युवाहरुलाई उद्यमशील बनाउनका लागि प्रोत्साहनको नीति लिन सरकारलाई उनले सुझाव दिए ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले युवा उद्यम विकासका लागि सरकारले आवश्यक लगानीको व्यवस्था गर्ने नीति र बजेट ल्याएको बताए । रोजगारीको अवसर सृजना गर्ने, उत्पादन वृद्धि गर्ने र आयातलाई प्रतिस्थापन गरेर अघि बढने सरकारको नीति रहेको उनले उल्लेख गरे ।

(यो समाचार हामीले नयाँ पत्रिका दैनिकबाट साभार गरेका हौं ।)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय