शुक्रबार , बैसाख ७, २०८१

काठमाडौ ।

नेपालमा पछिल्लो समय राजनीतिप्रति व्यापक घृणा र वितृष्णा बढिरहेका बेला बालेन शाहको शानदार ईन्ट्रीले देशविदेशमा रहेका युवाहरुमा नयाँ जोस जागर र उत्साह देखिएको छ ।

स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन (बालेन्द्र) साहको चर्चा चुलिएसँगै नेपालमा स्थापित दलहरुको मथिङ्गल हल्लिएको हो ।

जनतालाई भोट मेसिन सम्झिने नेताहरुको बालेनहरुको आगमनले निन्द्रा खल्बलिने संकेत देखिन थालेको छ ।

अहिले बालेनले गरेको आँटपछि नेपालका राजनीतिक दलहरुलाई ठूलो झड्का लागेको आँकलन गर्न थालिएको छ । नभन्दै यही बेला अर्को चर्चा सुरु भएको छ ।

काम गर्ने तर राजनीतिमा पूर्णकालिन रुपमा नलागेकाहरुलाई मतदाताले मन पराउन थालेपछि चर्चित अनुहार र जनताले आशा गरेका

अहिले आआफ्नो ठाउँमा जनताको मन जित्ने काम गरिरहेकाहरुपनि आसन्न प्रदेश र संसदीय चुनावमा लड्ने तयारीमा लागेको खुलासा भएको छ ।

चर्चित पत्रकार रवि लामिछानेले आगामी संघीय संसदीय चुनावमा उम्मेदवार बन्ने सोच बनाएको सूचना बाहिर आएको छ ।

उनी निकट एक पत्रकारलेले हामीलाई भने, रवि दाईपनि आसन्न चुनावको तयारीमा भित्रभित्रै लाग्न थाल्नुभएको छ ।

अहिले उनी मात्र हैन चर्चामा रहेर राजनीति भन्दा बाहिर रहेका सबैको समूह बनाएर नै चुनावमा उम्मेदवारी दिने भित्री तयार छ, उनले भने ।

कुलमान घिसिङ, राजेश हमाल, डा। सन्दुक रुइत, वैज्ञानिक महावीर पुन, प्रेम सञ्जेल लगायतका चर्चित व्यक्तिहरुको समूह बन्न लागेको उनले खुलाए ।

केही दिन अघि चर्चित राष्ट्रसेवक कर्मचारी प्रेम सञ्जेलले समेत यो कुरा खुलाएका थिए ।

तर यसले बहुदलीय व्यवस्था सहितको लोकतन्त्र खतरामा रहने र नेपालका राजनीतिक दलहरु पूर्ण रुपमा असफल भए भन्ने सन्देश विश्वभरी पुग्ने उनको विचार छ ।

बहुदलीय व्यवस्था सहितको लोकतन्त्रपनि जगेर्ना गर्नेगरी कसरी जनताले अपेक्षा गरेका व्यक्तिहरु शासन सत्तामा पुग्ने भन्ने बारेमा छलफल चलिरहेको उनलेपनि पुष्टी गरे ।

राजनीतिक दल नै बनाउँने की स्वभाव र विचार मिल्नेहरुको एउटा समूह बनाएर चुनावमा होमिने भन्ने बारेमा छलफल भइरहेको उनको भनाई छ ।

त्यसका लागि देशभरी नै उपयुक्त उम्मेदवारहरुको खोजी गर्ने र एक समूह बनाएर चुनाव लड्ने भित्री तयारी थालिएको स्रोतको दावी छ ।

नेपालमा एउटै राजनीतिक शक्तिले पूर्ण रुपमा विजय हासिल गरेर राजनीतिक परिवर्तन नआएकाले जनताले खोजेजस्तो शासकीय

व्यवस्था नभएको र त्यसलाई परिवर्तन गर्नपनि दुई तिहाई मत संसदीय चुनावमा ल्याउनुपर्ने उक्त समूहको निष्कर्ष छ ।

दुई तिहाई मत ल्याएर सही सोच भएका मानिसहरुको हातमा राज्यसत्ता ल्याउने र शासकीय व्यवस्था देखि राज्यको पूर्ण रुपमा पुर्नसंरचना गर्ने गरी भित्री तयारी छ, स्रोतले भन्यो ।

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको परम्परागत संरचना नै भत्काएर नयाँ बनाउँनेगरी तयारी भइरहेको छ त्यसका लागि जनमत नै जरुरी छ ।

यसैले जनमत ल्याउँन नयाँ शक्ति आउँनुपर्ने देखियो तयारीमा लागेको समूहका एकले खुलाए । अब संसदीय क्रान्ति गरेर लोभ, लालच नभएका योजना बनाउँन सक्ने,

आँट भएकाहरुको समूहले देश चलाउने तयारी छ उनले भने । त्यसका लागि भित्री गृहकार्य भइरहेको उनको भनाई थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय