बिहिबार , बैसाख १३, २०८१

काठमाडौं:

काठमाडौं महानगरपालिकाको रोचक मतगणनामा पछि परेका केशव स्थापित र सिर्जना सिंहको आशाको एउटै त्यान्द्रो बाँकी छ ।

त्यो हो, कोर एरिया । कोर एरियाको गणनामा स्थापित र सिर्जना सिंहलाई थोरै राहत त मिलेको छ । तर दुवैले अपेक्षाकृत भोट भने पाइरहेका छैनन् ।

कोर एरियाबाट बालेनसँगको मतान्तर घटाइरहेका बेला दोस्रोमा रहेका स्थापितका लागि सिर्जना चुनौती बन्दै गइरहेकी छन् ।

अघिल्ला परिणाममा स्थापित र सिर्जनाबीच फराकिलो अन्तर रहेकोमा सिर्जनाले त्यसलाई खुम्चाउँदै लगेकी छन् ।

प्राप्त पछिल्लो विवरण अनुसार, दोस्रो स्थानमा रहेका स्थापितले १४७८२ मत ल्याएका छन् । यो भनेको सिर्जनाको भन्दा मात्रै ३४३ मतले बढी हो ।

सिर्जनाले स्थापितको भन्दा बढी मत पाइरहेकाले स्थापित दोस्रोबाट तेस्रोमा झर्ने खतरा बढेको छ ।

काठमाडौं महानगरपालिका(३२ मा एमालेका उम्मेदवार विजयी मतगणना कार्य सुरु भएको एक सातापछि आज काठमाडौं वडा नं ३२ को मतपरिणाम सार्वजनिक भएको छ ।

गणना सुरु भएको एक सातापछि आएको परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार नवराज पराजुलीसहित प्यानलनै विजयी भएको छ ।

नवराजले एकीकृत समाजवादीका निकटतम प्रतिद्वन्द्वी सीतादेवी कँडेल (पराजुली) लाई दुई हजार ११७ मतले पछि पार्दै प्यानलसहित विजय भएकी हुन् ।

यसअघिको निर्वाचनमा पनि उक्त स्थानबाट यही समूह विजय भएको थियो ।

अध्यक्षमा विजय भएका नवराजले पाँच हजार २२५ मत प्राप्त गरेका हुन् भने सीतादेवीले तीन हजार १०८ मत प्राप्त गरेको बताइएको छ ।

त्यसैगरी सदस्यमा एमालेका तर्फबाट भगवान् बुढाथोकी र हरिबहादुर बस्नेत विजयी भएका छन् ।

महिला सदस्यमा हीरादेवी पाखरेल र दलित महिला सदस्यमा सीता विसुङ्खे विजयी भएको जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिए ।

हाल प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा नौ स्थानबाट कामपाको मतगणना भइरहेको छ । अहिले वडा नं ६, ७, ८, २७, २९, र ३१ को मतगणना कार्य जारी छ ।

वडा नं १, २, ३, ४, ५, २८, ३० र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय