मंगलबार , बैसाख ४, २०८१

काठमाडौँ –

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह सबभन्दा अगाडि छन्।

हालसम्म ७० हजार ९६० मत गनिसक्दा बालेनले २६ हजार ८३८ मत पाएका छन्।

एमाले उम्मेदवार केशव स्थापितले १४ हजार २७७ मत पाएका छन् भने कांग्रेस मेयर उम्मेदवार सिर्जना सिंहले १३ हजार ६७३ मत ल्याएकी छन्।

अहिले काठमाडौंका ६, ७, ८, २७, २८, २९, ३१, ३२ नम्बर वडाको मतगणना भइरहेको छ। १, २, ३, ४, ५ र ३० को मतगणना सकिइसकेको छ।

गणना भइरहेका वडाहरूमध्ये २७ र २८ मा स्थापितले सरूआती अग्रता लिएका छन्। यी दुवै वडामा सिर्जना दोस्रो स्थानमा छिन् भने बालेन तेस्रोमा।

२७ र २८ वडाबाहेक गणना भइरहेका अरू वडा र गणना सकिएका वडाहरूमा भने बालेन नै अगाडि छन्।

पछिल्लो विवरणअनुसार स्थापितले २७ नम्बर वडामा ९९२ मत गनिसक्दा ३०८ मत पाएका छन्।

यहाँ सिर्जना सिंहले २३५ र बालेनले १६१ मत पाएका छन्। २७ नम्बर वडामा छुस्याबहा, जमल, कमलाक्षी आसपासको क्षेत्र पर्छ।

त्यस्तै २८ नम्बर वडामा ३०३१ मत गन्दा स्थापितले ७४१ मत पाएका छन्। उनलाई ७३० मतसहित सिर्जनाले पछ्याएकी छन् भने बालेनले ७२१ मत पाएका छन्।

अहिलेसम्म दुई वडामा बालेन पछि परे पनि २८ नम्बर वडामा टक्कर नै छ। यहाँ उनको मतान्तर एकदमै कम छ। २७ नम्बरमा भने स्थापित र सिर्जना दुवैले उनलाई पछि पारेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय