शुक्रबार , चैत्र १६, २०८०

काठमाडौँ –

काठमाडौं महानगरपालिकाअन्तर्गत भित्री सहरको वडाहरुको मतगणना सुरु भएको छ।

प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा जारी मतगणनामा पछिल्लो समयमा वडा नम्बर २७ को मतपेटिका खोलिएको हो।

काठमाडौं महानगरपालिकाको मतगणना जारी छ। आजबाट गन्न सुरु गरिएको २७ नं वडामा भने एमाले उम्मेदवार केशव स्थापितले अग्रता लिएका छन्।

साँझ ९ बजेसम्मको मतगणना अनुसार वडा नं २७ मा ५ सय मतगणना भएको छ। जसमध्ये लौरो चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार बालेन साहले ६७ मत पाएका छन्।

एमालेका उम्मेदवार केशव स्थापितले सो वडामा २ सय मत पाएका छन्। त्यस्तै, कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १ सय ४६ मत प्राप्त गरेकी छिन्।

काठमाडौं महानगरपालिकाको मतपरिणाम रोचक बन्दै गइरहेको छ। यसअघि गनिएका सबै वडामा बालेन साहले अग्रता लिएका थिए।

तर, आजबाट गन्न सुरु भएको २७ नम्बर वडामा भने स्थापितले अग्रता लिएका छन्। नेपाल एमालेले ‘कोर सिटी’मा आफ्नो प्रदर्शन राम्रो हुने र चुनाव जित्ने दाबी गर्दै आएको छ ।

तर एमालेसँग ठूलो मतान्तर भइसकेको छ । गुठीहरुले मत प्रभावित गर्ने ‘कोर सिटी’को वडा नम्बर २७ को मतगणना सुरु भएको छ ।

त्यस वडामा ३ हजार ५ सय ६१ मत खसेको छ । हालसम्म महानगरपालिकाको १, २, ३, ४ र ५ नम्बर वडाको मतगणना सम्पन्न भैसकेको छ ।

अहिले वडा नम्बर ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाको मतगणना भैरहेको छ । साँझ ९ बजेसम्म ६४ हजार ५ सय ७९ मतगणना भएकोमा स्वतन्त्र उम्मेदवार बालेन

साहले आफ्नो अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणाम अनुसार साहले २४ हजार ६ सय ३३ मत प्राप्त गरेका छन्।

एमालेका उम्मेदवार केशव स्थापितले १३ हजार ३७ मत प्राप्त गरेका छन्। त्यस्तै, गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १२ हजार २ सय ७२ मत प्राप्त गरेकी छिन्।

काठमाडौं महानगरपालिकाको मतपरिणाम रोचक बन्दै गइरहेको छ। यसअघि गनिएका सबै वडामा बालेन साहले अग्रता लिएका थिए।

तर, आजबाट गन्न सुरु भएको २७ नम्बर वडामा भने स्थापितले अग्रता लिएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय