शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं–

काठमाडौं महानगरपालिकामा कोर एरियाको मत गणना सुरु भएको छ। अहिले काठमाडौं–२७ को मत गणा सुरु भएको छ।

सुरुवाती २०० मत गन्दा एमालेका केशव स्थापितले अग्रता लिएका छन्। महावौद्ध क्षेत्रमा पर्ने यो वडामा  २०० मत गन्दा स्थापितले ११८ मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवार बालेन साहको ३२ मत आएको छ।  नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ मत मात्र प्राप्त गरेकी छन् । कोर

एरियाको भोट प्याट्रय यसरी नै अघि बढ्ने हो नतिजा उलटपुलट हुने संक्ने संकेत देखिएको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर ८ को मतगणना सुरू भएको छ । सुरूवाती १०० मत गन्दा नेपाली कांग्रेसकी सिर्जना सिंहले अग्रता लिएकी छन् ।

प्राप्त विवरणअनुसार सिंहले ४८ भोट ल्याउँदै अग्रस्थान कायम गरेकी हुन् । उनलाई स्वतन्त्र उम्मेदवार बालेन शाहले पछ्याएका छन् । उनको २२ भोट आएको छ ।

यतिबेला काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले प्रतिस्पर्धी एमाले र कांग्रेसका उम्मेदवारलाई दोब्बरभन्दा बढी मतले पछाडि पारेका छन् ।

अहिलेकै ट्रेन्डमा मत आयो भने बालेनले मेयरमा चुनाव जित्ने प्रक्षेपण गरिएको छ । जसकारण जताततै बालेन साहको चर्चा परिचर्चा भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय