शुक्रबार , चैत्र १६, २०८०

काठमाडौँ –

काठमाडौं महानगरपालिकाको वडा नं. ८ मा गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले अग्रता लिएकी छन् ।

२०० मत गन्दा सिंहले ९९ मत प्राप्त गरेकी छन् । स्वतन्त्र उम्मेदवार बालेनले ४० र एमालेका केशव स्थापितले १७ मत पाएका छन्  ।

पछिल्लो मतपरिणामअनुसार बालेन अग्रस्थानमा छन् भने स्थापित दोस्रो र सिंह तेस्रोमा स्थानमा छिन् ।

काठमाडौं महानगरकी मेयर उम्मेदवार सिर्जना सिंह मतगणनास्थलमा पुगेकी छन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी कांग्रेसकी सिंह वडा नं. ८ को मतगणना भइरहेका बेला बिहीवार मतगणनास्थल राष्ट्रिय सभा गृह पुगेकी हुन्।

पछिल्ला मतपरिणाममा तेस्रो स्थानमा रहेकी सिंहको ८ नम्बरमा धेरै भोट आएपछि उनी मतगणनास्थल पुगेको बताइएको छ ।

पछिल्लो मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले २२ हजार ८४२ मत पाएका छन् ।

दोस्रोमा एमालेका केशव स्थापितले ११ हजार ७६९ मत ल्याएका छन् भने सिंह १० हजार ९८६ मतका साथ तेस्रो स्थानमा छिन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय