बिहिबार , बैसाख १३, २०८१

काठमाडौं ।

चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता कायम गरेकी छन् ।

पछिल्लो मतपरिणाम अनुसार गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनुले झण्डै एक १३ सय बढी मतान्तरको फराकिलो अग्रता लिएकी छन् ।

२६ हजार १२६ गणना गर्दा रेनुले ९४०५ मत प्राप्त गरेकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनका विजय सुवेदीले ८०३७ मत पाएका छन् ।

त्यस्तै बागी उम्मेदवार जगन्नाथ पौडेल ४२४८ मत प्राप्त गरेका छन् । उपमेयरतर्फ पनि गठबन्धनले फराकिलो अग्रता कायम गरेको छ ।

गठबन्धनको उम्मेदवार चित्रसेन अधिकारीले १११९६ मत पाएका छन् उनका प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनमा हिमला गुरुङले ६५४८ मत पाएका छन् ।

भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) की उमेद्वार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै लागेको छन्।

वडा नं ६को मतगणना चलिरहँदा दाहाल १ हजार ११९ मत मतान्तर बनाएकी छन्।

भरतपुरमा २५हजार ३५८ मतगणना हुँदा दाहालले ९ हजार ११ मत ल्याएर आफूलाई अग्रस्थानमा राखेकी छिन्।

त्यस्तै दाहाललाई पछ्याउँदै विजय सुवेदीले ७ हजार ८९२ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ४ हजार ११२ मत प्राप्त गरेका छन्।

यस्तै उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले मतान्तर बढाउँदै लगेका छन्। उनले १० हजार ७७४ मत ल्याएका छन्।

अधिकारीलाई पछ्याउँदै राप्रपाकी हिमाल गुरुङले ६ हजार ४५४ मत प्राप्त गरेकी छन्।

अहिले भरतपुर ६ नम्बर वडाको मतगणना जारी छ। यस वडामा अध्यक्षमा भने एमाले अगाडी छ।

चितवन- आम नागरिकको चासो र चर्चामा रहेको भरतपुर महानगरपालिकामा गठबन्धनकी साझा उम्मेदवार रेणु दाहालले ९

हजार २ सय ४६ मत प्राप्त गर्दा एमालेका विजय सुवेदीले ७ हजार ९ सय ९४ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी स्वतन्त्रबाट उठ्नुभएका जगन्नाथ खतिवडाले ४ हजार १ सय ९१ मत ल्याएर पछ्याइरहनुभएको छ ।

त्यस्तै उपमेयरमा पनि गठबन्धनका साझा उम्मेदवार कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ३५ मत ल्याएर अग्रता लिइरहनुभएको छ ।

उहाँलाई राप्रपाकी हिमला गुरुङले ६ हजार ५२५ मतका साथ पछ्याइरहनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय