शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं:

संघीय राजधानी समेत रहेको काठमाण्डौं महानगरपालिकाको पछिल्लो नतिजा अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन

साह एमाले उम्मेदवार केशव स्थापित भन्दा ५०५७ मतले अगाडि छन् । बालेनले ११ हजार १३ मत पाउँदा स्थापितले ५९५६ मत पाएका छन् ।

यसैगरी, सत्ता गठवन्धनको तर्फबाट उम्मेदवार वनेकी नेपाली कांग्रसकी सिर्जना सिंहले ५२११ मत पाएकी छिन् ।

अहिले नै नतिजा यही हुन्छ भन्न सक्ने अवस्था नरहे पनि मतान्तरको अवस्था हेर्दा उनी मेयरमा निर्वाचित हुने सम्भावना पनि देखिएको छ।

तर, कतिपयले भने अझै पनि बालेनको जितको लक्षण नदेखिएको वताउँने गरेका छन्।

यदि बालेन काठमाण्डौंको मेयरमा निर्वाचित भएपनि उनीबाट आशा गर्न सकिने कुनै विषयवस्तु नभएको उनीहरु वताउँछन् ।

वरिष्ठ पत्रकार किशोर नेपालले त नेपालका मिडिया, राप्रपा र पुर्वराजाका मान्छेले बोकेर बालेनलाई अगाडि ल्याएको आरोप लगाएका छन् ।

एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा पत्रकार नेपालले बालेन साह छद्मभेसी भएको आरोप समेत लगाए ।

‘बालेन साह आफै छद्मभेसी मान्छे हुन, जस्को सम्वन्ध दलसँग छ। उनी राजावादी दलका समर्थक हुन,

राप्रपाका समर्थक हुन। उनले समर्थन लिएका छन् (राप्रपासँग) । उनी हिन्दु धर्मका प्रचारक हुन।

उनी स्वयमले भनेका छन् ति कुराहरु’ पत्रकार नेपाल भन्छन्–‘उनी राप्रपासँग ढोगभेट गर्न गएका छन्।

यी संकेतहरु वुझ्नोस न। तपाईहरु एकोहोरो बालेनजी क्रान्तिकारी भन्नु हुन्छ भने म असहमत छु।’

बालेन साहले आफुलाई राजनीतिमा स्थापित गराउने हो भने ‘चर्पीमा हात हालेर दिशा सफा गर्छु’ भनेर प्रतिवद्धता जनाउँनु पर्ने उनले वताए ।

‘काठमाण्डौं आफैमा एउटा चर्पी हो। उनले हात डुवाएर दिशा सोहोर्ने साहस गर्नुपर्छ’ उनले भने–‘तर, वहाँ लठ्ठी वोकेर ‘गु’ सोहोर्न आउनु भएको होईन।

वहाँ मधेशको जाती विशेष, मधेशकै भाषामा भन्ने हो भने तेली जातीको मान्छेले ज्यापुको, नेवारको,

उच्च नेवारको, वाहुनको सवैको आची सोहोर्न आउनु भएको छ। वहाँले त्यो गर्छु भन्नु पर्छ।’

बालेनको समर्थन गर्दै प्रस्तोताले ‘वहाँले वुँदागत रुपमा भन्नु भएको छ त गर्छु भनेर’ भन्दै राखेको जिज्ञासामा पत्रकार नेपालले

उल्टै उनलाई पत्रकार भएर पत्रकारिता मात्रै गर्न सुझाव दिए । ‘तपाई वालेनको प्रवक्ता हो ? तपाई पहिला प्रेस हुनोस।

पहिले स्वतन्त्र प्रेस दिनोस, अनि मात्रै प्रजातन्त्र/लोकतन्त्र हुन्छ। अनि बालेन साहको कुरा आउँछ

उनले प्रश्तोतालाई भने–‘तपाईहरु मान्छेलाई समातेर ‘यो बोल्नोस’ भनेर हिड्नु हुन्छ। हामीलाई सिकाउनु हुन्छ ? मैले पत्रकारीता गरेको छैन ?’

नेपाली प्रेस बालेन साहको पक्षमा पक्षपाती भएको आक्षेप लगाए । ‘त्यो आवश्यक थिएन। बालेन निर्दलियताको पक्षमा हुनुहुन्छ।

हामीले निर्दलियता खोजेको होईन। हामीले धर्मनिरपेक्षता खोजेका हौ, हिन्दु धर्म खोजेको होईन।’– उनले थपे।

पत्रकार नेपालले यति भन्दै गर्दा प्रश्तोताले ‘दलहरुलाई चेक नदिने, काउण्टर दिने की नदिने ?’ भन्दै प्रश्न गरे। यसको जवाफ दिने क्रममा उनले बालेन साहले चेक दिएर नहुने वताए ।

बालेन साहले चेक दिएर दिईदैन, पोलिटिकल चेक चाहिन्छ। समावेशीकरण गर्नोस, भ्रष्ट राजनीतिज्ञलाई महलबाट वाहिर निकाल्ने आँट गर्नोस’ उनले

भने–‘एउटा महानगरको मेयर वन्ने वित्तिकै ठुलो क्रान्तिकारी चेग्वेभारा, माओत्से तुङ, सुहार्तो, महात्मागान्धी हुनु भो भनेर भन्नु हुन्छ भने हाम्रै मुर्खता हो।’

यो निर्वाचनको नतिजा बालेनको पक्षमा आएपनि एक्लो मेयरले केही गर्न नसक्ने उनले दावी गरे। ‘बालेन साहले जितेर के के गर्नु हुन्छ ? उसको घोषणा पत्रमा लेखेर मात्र हुदैन।

बालेनले लेखेको सवै कुरा पुरा गर्छन भनेर के ग्यारेण्टी ? यत्रा ठुलठुला राजनीतिक पार्टीले आफनो घोषणा पत्र पुरा गर्न सकेका छैनन्।

वहाँले कसरी पुरा गर्नु हुन्छ ?’ पत्रकार नेपालको प्रश्न छ–‘यत्रो दलिय सञ्जालले घेरिएको नगरसभामा के गर्छन बालेन साह ?

यत्रो १२ वर्ष क्रान्ति गरेर आउने माओवादीले आफनो एजेन्डा लिएर जान नसकेर यो अवस्था भा छ। बालेनले के गर्छन ?’

बालेन साहलाई अनावश्यक रुपमा पक्षपोषण गरेर नेपालका मिडियाले नै निर्दलियताको सपोर्ट गरेको पत्रकार नेपालको आरोप छ।

नेपालका तथाकथित, स्वतन्त्र, निस्पक्ष मिडियाहरुले बालेनलाई बोकेर हिडेका छन’ उनले भने–‘बालेन साहले धेरै अघि नै नेपालका मिडियालाई मोनिपुलेट गरिसकेका छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय