शुक्रबार , चैत्र १६, २०८०

काठमाडौँ –

स्थानीय तह निर्वाचनको मतगणना आउने क्रम जारी छ। यो समाचार तयार पार्दासम्म नेपाली कांग्रेसले १०७ तहको अध्यक्ष/प्रमुख पद जितेको छ।

यस्तै नेकपा एमालेले ६४ तह जितेको छ। माओवादी केन्द्रले ५४ तह जित्दा नेकपा एकीकृत समाजवादी पार्टीले ४,

मजदुर किसान पार्टीले १, जनता समाजवादी पार्टी १ र स्वतन्त्रले ४ तह जितेका छन् ।

मतगणना जारी रहेका तहमा नेपाली कांग्रेस २ सय ४५, एमाले १४९, माओवादी केन्द्रले ८६ तहमा अग्रता लिइरहेको छ।

हुन त देशभर पाँच दलीय गठबन्धन छ। नेपाली कांग्रेस र माओवादीबीच केही तहमा छुट्टै पनि गठबन्धन छ।

माओवादी केन्द्रले जितेका तह उसैलाई दिने समझदारी पनि बनेको थियो।

स्थानीय तहका केही पालिकाहरुको अन्तिम परिणाम हेर्दा माओवादी र कांग्रेसबीच तीव्र प्रतिस्पर्धामात्र छैन,

माओवादीले जितेको केही तह कांग्रेसले खोसेको पनि छ।

पछिल्लो सार्वजनिक भएको परिणाम हेर्दा २०७४ मा जितेकामध्ये माओवादीले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका,

लिखुपिके गाउँपालिका, रोल्पाको गंगादेव गाउँपालिका, सल्यानको कुमाख गाउँपालिका गुमाएको छ।

यस्तै बर्दियाको बारबर्दिया नगरपालिका, लमजुङको दोर्दी गाउँपालिका, कञ्चनपुरको लालझाडी गाउँपालिका पनि माओवादीले गुमाएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी पनि माओवादीले यसपटक गुमाएको छ।

यी सबै पालिकामा नेपाली कांग्रेस विजयी भएको छ। २०७४ मा माओवादी केन्द्रले १ सय ६ स्थानीय तह जितेको थियो।

मतगणना भइरहेका स्थानमध्ये महोत्तरीको बर्दिबास नगरपालिका पनि माओवादीले गुमाएको छ।

माओवादीले २०७४ मा जितेको ललितपुरको कोन्ज्योसोम गाउँपालिका नेकपा एमालेले खोसेको छ।

मतगणना जारी भएका केही पालिकाहरु पनि एमाले र कांग्रेसले खोस्ने देखिन्छ। जसको अन्तिम परिणाम सार्वजनिक भइसकेको छैन।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय