शनिबार , बैसाख ८, २०८१

चितवन ।

भरतपुरमा ठूलै लफडाको संकेत नेकपा (एमाले)का प्रतिनिधिको विरोधपछि भरतपुर महानगरपालिकाको मत गणना रोकिएको थियो ।

कर्मचारीले मतगणनाका क्रममा धाँधली गर्न खोजेको एमालेको आरोपपछि मत गणना रोकिएको थियो ।

उमेदवारको चिह्नमा लगाइएको स्वस्तिक छापमा कर्मचारीले गडबडी गरेको भन्दै एमाले प्रतिनिधिहरूले नाराबाजी गरेपछि गणना रोकिएको थियो।

दुवै पक्षबीच सहमतिको प्रयास भएपछि महानगरपालिकाको मतगणना सुचारु भएको छ ।

४ नम्बर वडाको मतगणनाको क्रममा मधुरो स्वस्तिक छाप लगाएको मतपत्रलाई निर्वाचन अधिकृतले बदर गर्दा विवाद उत्पन्न भइ मतगणना करिब दुई घण्टा रोकिएको थियो।

कस्तो मतलाई सदर या बदर मान्ने बिषयमा विवाद विवाद बढेपछि बसेको सर्वदलिय बैठकले अवरुद्ध बनेको मतगणना करिब २ घण्टापछि सुचारु गराएको हो ।

एमालेका प्रतिनिधिले मतगणनामा धाँदली गर्न खोजेको आरोप लगाएका छन् ।

उम्मेदवारको चिह्नमा लगाइएको स्वस्तिक छापमा कर्मचारीले गडबड गर्न खोजेको आरोप एमालेको छ ।

तर कांग्रेसका प्रतिनिधिले पनि होहल्ला गर्न थालेपछि मतगणना नै रोकिएको हो ।

भरतपुरमा गठवन्धनको तर्फबाट उम्मेदवार माओवादीकी रेनु दाहाल अगाडी लागेको र एमाले उम्मेदवार विजय सुवेदीलाई

जानजान पछि पार्न बदर मत गणनातिर कर्मचारीहरु लागेको आरोप एमालेहरुले लगाएका छन्।

सर्वदलीय बैठकमा मतगणनामा कमजोरी गर्ने कर्मचारीलाई अब सहभागी नगराउने तथा यसअघि भएका निर्णयलाई सदर गरेर अघि बढ्नेबारे सहमति गर्दै मतगणना पुनः सुरु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय