बिहिबार , बैसाख १३, २०८१

काठमाडौँ –

काठमाडौं महानगरपालिकामा लौरो चुनाव चिह्न लिएर मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाह भनिने बालेन्द्र साहको अग्रता कायमै छ ।

सोमबार राति प्राप्त मतपरिणामअनुसा उनले मतान्तर फराकिलो बनाउँदै ८ हजार २४८ मत पाएका छन् ।

वडा नम्बर १ र २ को मतगणना सकिएर अहिले वडा नम्बर ३,४,५,६, ३२ र ३२ को गणना राष्ट्रियसभागृहमा जारी छ ।

मतगणना जारी रहँदा एमालेका उम्मेदवार केशव स्थापित ४३४२ मतका साथ

दोस्रो स्थानमा छन् भने ३७८१ मतका साथ तेस्रो स्थानमा काँग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठ रहेकी छन् ।

बालेनको मत निकटतम प्रतिद्वन्द्वी एमालेका स्थापितको भन्दा ३९०६ ले बढी हो ।

बालेनले निकटतम प्रतिद्वन्द्वी एमालेका स्थापितको अघिल्लो अपडेटभन्दा २११ले मतान्तर बढाएका छन् ।

स्थापित र सिंहले प्राप्त गरेको मत जोड्दा पनि बालेनको जति पुगेको छैन ।

स्थापित र सिंहले प्राप्त गरेको कूल मत जोड्दा ८ हजार १२३ हुन्छ। उक्त मत बालेनले एक्लै प्राप्त गरेकोभन्दा १ सय २५ मत कम हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय