बुधबार , बैसाख १२, २०८१

काठमाडौँ –

ओखलढुंगामा नेपाली कांग्रेसका कार्यकर्ताले मतपत्र च्यातेका छन् । वडा नं ३ को मतगणना भइरहँदा विवाद भएपछि मतपत्र च्यातेको सुरक्षा स्रोतले जनाएको छ।

जिल्लाको चिशंखुगढी गाउँपालिकाको वडा नम्बर ३ को वडाध्यक्षका उम्मेदवारको मतपरिणाम बराबर आएपछि पुनः गणना गर्ने क्रममा कांग्रेसका कार्यकर्ताले

२ वटा मतपत्र च्यातेका हुन् । कांग्रेसका जिल्ला सचिव राजकुमार ढुंगाना नेतृत्वका कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणस्थलमा तनाव सिर्जना भएको छ ।

मतपत्र च्यात्ने कांग्रेस सचिव ढुंगानासहितका कांग्रेस कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख सुकदेव खनालले बताए ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको थप टोली ओखलढुंगाबजारबाट चिसंखुतर्फ लागेको छ।

त्यहाँबाट पुग्न २ घण्टा बढी लाग्छ। विवाद भएको सूचना आएपछि थप टोली पठाइसकेको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले जानकारी दिए।

चिशंखुको वडा नं ३ मा माओवादी र कांग्रेसका वडाध्यक्षको मत बराबरी भएपछि पुनः गणना गर्न थालिएको थियो। तर पुनः गणना गर्ने क्रममा कांग्रेसका प्रतिनिधिले मतपत्र तानेका

हुन्। यो पालिकामा पनि कांग्रेस माओवादीबीच गठबन्धन छ। पालिका प्रमुखमा माओवादीका निशान्त शर्मा बास्तोला र उपप्रमुखमा कांग्रेसका सन्तोषबाबु थापा विजयी भएका छन्।

पालिकामा गठबन्धन गरे पनि वडामा भने कांग्रेस र माओवादी एक्लाएक्लै भिडेका थिए। वडा नं ३ को अध्यक्षमा कांग्रेसबाट मिनबहादुर आले मगर र माओवादीबाट भिष्म श्रेष्ठ उम्मेदवार छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय