बुधबार , बैसाख १२, २०८१

काठमाडौं ।

मतगणनामा ढिलाइ भएपछि निर्वाचन आयोग एक्सनमा उत्रिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विवादपछि मतगणना स्थगित भएको मोरङको रंगेलीमा पुनः निर्वाचन नहुने बताएका हुन् ।

सोमबार विराटनगरस्थित आदर्श विद्यालयमा विराटनगर महानगरपालिकाको मतगणनाकार्यको निरीक्षण गर्न आएका

थपलियाले पुनः निर्वाचनको कुनै सम्भावना नरहेको बताए । मतगणना आइसक्ने मिति समेत उनले तोकेका छन् ।

उनले भने, “मतदान केन्द्रबाट संकलन भई गणनास्थलका कोठासम्म आइपुगेका मतपेटिका सबै खोलिनेछन् ।

रंगेलीमा गठबन्धन दल र एमालेबीच विवाद हुँदा शनिबार रातिदेखि गणना स्थगित भएको छ ।

मतगणना सुरु हुन्छ, पुनः निर्वाचन होइन ।” थपलियाले विराटनगरमा जारी मतगणनाको निरीक्षण गर्दै भएभरको

जनशक्ति परिचालन गरेर भए पनि चाँडो परिणाम घोषणा हुने गरी गणना अघि बढाउन निर्देशन दिए ।

“जेठ ५ गतेभित्र मतगणना गरिसक्नुपर्छ । अब विलम्ब गरेर हुँदैन,” उनले भने ।

थपलियाले मतगणनास्थलमा जनशक्ति थप गर्न कुनै कसर बाँकी नराख्ने बताए ।

विवाद उठेका ठाउँहरूमा स्थानीयस्तरमै छलफल गरी त्यसको निराकरण गरिसक्नुपर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय