शुक्रबार , बैसाख ७, २०८१

चितवन –

भरतपुर महानगरपालिकाको वडा नम्बर २ को मतगणनामा एमालेले लिड

गरेपछि गठबन्धनतर्फबाट माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालको अग्रता घट्दै छ ।

यसअघि वडा न‌ं. १ मा भने कांग्रेसले वडाध्यक्ष जितिसकेको छ र यहाँ रेणुले अग्रता लिएकी थिइन् ।

चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी रेनु दाहाल ७३ मतले पछि पर्नु भएको छ ।

उहाँलाई एमालेका उम्मेदवार विजय सुवेदीले उछिन्नु भएको हो । पछिल्लो मत परिणाम अनुसार सुवेदीले ४ हजार ६ सय

२५ मत ल्याउनु भएको छ भने माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ४ हजार ५ सय ५२  मत प्राप्त गर्नु भएको छ

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ४० मत प्राप्त गर्नु भएको छ ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको अग्रता छ । उहाँले ५ हजार ३ सय ९५ मत पाउनु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय