बिहिबार , बैसाख १३, २०८१

चितवन ।

माडी नगरपालिकाको मतगणना रोकिएको छ।

माडीको वडा नम्बर ३ को बुथबाट मतपत्र ल्याउने क्रममा माओवादी केन्द्रले मत थपेको भन्दै एमाले बिरोधमा उत्रिएको छ।

निर्वाचन अधिकृतको कार्यालय अघि आतबार राति नाराबाजी भएको छ।

अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको जनाइएको छ । चितवनको माडीमा नेकपा एमालेबाट ताराकुमारी काजी महतो

र नेकपा माओवादी केन्द्रबाट ऋषिराम काफ्लेलगायत चुनावी प्रतिस्पर्धामा छन्।

उक्त नगरपालिकाको जारी मतगणनामा एमालेले अग्रता बनाइरहेको छ।

एमाले उम्मेदवार महतोले १८ सय ७८ मत पाउँदा माओवादी उम्मेदवार काफ्लेले १७११ मत पाएका छन्।

यस्तो छ भरतपुरमा एमालेका विजयले गठबन्धनकी रेणुसँग अग्रता बढाउनुको कारण (तात्तातो मतपरिणामसहित)

काठमाडौं । भरतपुर महानगरपालिकाको जारी मतगणना अन्तरगत अहिले वडा नम्बर २ को मतगणना भइरहेको छ। सो वडा एमालेको पकड भएको वडा मानिन्छ ।

एमालेको पकड भएकै कारण जारी मतगणनामा एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले अग्रता बनाएको विश्लेषण गरिएको छ ।

गत स्थानीय तह निर्वाचन पनि देवी ज्ञवालीले यो वडाबाट राम्रो मत पाएका थिए । सो वडाको मतगणना अन्तिम चरणमा पुगेको बताइएको छ ।

यस्तै वडा नम्बर ११ लगायतका केही वडामा पनि एमालेको पकड रहेको बताइएको छ ।

जारी मतगणनामा ७४७७ मत गणना हुँदा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहालले २६७९ मत पाउँदा सुवेदीले २६९३ मत पाएका छन् ।

मतपरिणामअनुसार दाहाल १४ मतले पछि परेकी छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८६३ मत पाएका छन् ।

यसैबीच भरतपुर वडा नम्बर १ को नतिजा आइसकेको छ । वडा नम्बर १ मा काँग्रेस विजयी भएको थियो भने २ मा मतगणना अन्तिम चरणमा पुग्दा एमालेका उम्मेदवार अघि रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय