बिहिबार , बैसाख १३, २०८१

चितवन:

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहालले मतान्तर बढाउँदै लगेकी छन्।

आइतबार अपराह्न ४ः४५ बजेसम्म पाँच हजार ६७७ मतगणना भएको छ। जसमा दाहालले दुई हजार ६ मत पाएकी छन्।

उनका प्रतिस्पर्धी नेकपा (एमाले) का विजय सुवेदीले एक हजार ९५४ मत पाएका छन्।

तेस्रो नम्बरमा रहेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६५१ मत पाएका छन्।

उपमेयरमा पनि गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले अग्रता बढाउँदै लगेका छन्।

उनले दुई हजार २०१ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले एक हजार ५७१ मत पाएकी छन्।

अहिले भरतपुर वडा नं. २ को मतगणना भइरहेको छ। जसमा वडाध्यक्षका उम्मेदवार कांग्रेसका मनोज रानाभाटले ९८३ र एमालेका कृष्ण केसीले ९६४ मत पाएका छन्।

चितवन – भरतपुर महानगरपालिकाको मेयरको मत गणना रोचक बन्दै गइरहेको छ ।

नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले २ हजार ६ सय ९३ मत ल्याएका छन् ।

त्यस्तै गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले २ हजार ६ सय ७९ मत ल्याएकी छिन् ।

दाहाललाई १४ मतले उछिन्दै सुवेदीले अग्रता लिएका हुन् ।हालसम्म ७ हजार ४ सय ७७ मत गणना भइसकेको छ ।

भरतपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनकी उम्मेदवार नेकपा माओवादीकी नेतृ रेणु दाहाल अगाडि रहेकी छन् ।

२ हजार ५ सय ८१ मत गणना हुँदा रेणुले ९ सय ८० मत पाएकी छन् ।

त्यस्तै नेकपा एमालेका विजय सुवेदीले ८ सय ७१ मत पाएका छन् ।

नेपाली कांग्रेसका विद्रोही स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले भने ३ सय २६ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले अगाडि रहेका छन् ।

प्रचण्डको गृह जिल्ला भएको कारण यो महानगरपालिकालाई निकै महत्त्वका साथ हेरिएको छ । रेणु निवर्तमान मेयर हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय