
चितवन
सधै चर्चा र विवादको केन्द्रमा रहने भरतपुर महानगरपालिकाको नतिजा यसपटक पनि प्रतिक्षित बनेको छ ।
५ बर्ष अगाडीमो चुनावमा रेणु दाहाल पक्षधरले मतपत्र च्यातेर जितेको आरोप एमालेले लगाउदै आएको छ ।
यहाँ नेकपा एमालेका विजय सुवेदी र सत्ता गठबन्धनकी उम्मेृदवार रेणु दाहालबीच कडा टक्कर भइरहेको छ ।
यहाँको मतगणनामा एमसीसीविरुद्धको दुई वटा मतपत्र भेटिएको छ ।
यस्ता मतपत्र भेटिएपछि माहोल नै तरंगित बनेको थियो । मतपत्रमा ‘एमसीसी मुर्दावाद र दलाललाई मत दिन्नौँ’ भनेर
लेखिएको पत्र भेटिएको मतगणना केन्द्रमा रहेका दलका प्रतिनिधिले जानकारी दिए । यो कसले र किन गर्यो भन्ने कुरा खुलेको छैन् ।
मतगणना सहभागी दलका प्रतिनिधिका अनुसार मतपत्रको बिच भागमा एमसीसी मुर्दावाद र सानो चिटमा दलाललाई मत दिदैनौँ भनेर लेखिएको थियो ।
महानगरमा हालसम्म वडा १ को मतगणना भइरहेको छ । मेयरको तीन सय र उपमेयरको २ सय २४ मत बदर भएको छ ।
दलको गठबन्धन रहेकाले धेरै मतपत्र बदर भएको छ । मतपत्रमा मेयर चिन्हका लागि मतदान गर्दा मतपत्रमा चिन्हमा मत लगाउँदा बदर हुने गरेको छ ।
महानगरपालिकाको मतगणना भरतपुर १० स्थित चितवन उधोग संघको औधोगिक प्रदर्शनी केन्द्रमा भइरहेको छ ।
जहाँ निर्वाचनमा सहभागी दलका प्रतिनिधि र निर्वाचन आयोगका प्रतिनिधि मिलेर मत गणना गरिरहेका छन् ।
ती हजार १ सय ६८ मत गणना हुँदासम्म गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार मेयर रहेकी दाहालले १ हजार १ सय ७८ मत ल्याएकी छिन् ।
एमालेका मेयर उम्मेदवार विजय सुवेदीले १ हजार ६८ मत ल्याएका छन् ।अहिले तीन वटा केन्द्रबाट गणना भइरहेको छ ।
यसअघि एक स्थानमा मात्रै मत गणना भइरहेको थियो । स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत शुक्रबार सम्पन्न मतदानमा भरतपुर महानगरपालिकाका
१ लाख २७ हजार ५६६ जनाले मतदान गरेका छन् । महानगरपालिकामा कूल मतदाताको संख्या १ लाख ८५ हजार ७५१
रहेकामा केवल ६८.६७ प्रतिशतले मात्रै मतदान गरेका हुन् । भरतपुरमा कुल मतदाताको ६७ प्रतिशत मत खसेको थियो ।