बिहिबार , बैसाख १३, २०८१

काठमाडौँ –

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ।

महानगर प्रमुखका लागि खसेको मतमध्ये हजार मतको गणना सम्पन्न हुँदा कांग्रेसका चिरिबाबु महर्जन अगाडि छन्।

महर्जनले ५०५ मत प्राप्त गरेका छन्। महर्जनलाई नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार २३६ मतसहित

पछ्याइरहेका छन्। महानगरको उपप्रमुखमा भने एमाले अगाडि देखिएको छ।

एमाले उपप्रमुखका उम्मेदवार मञ्जली शाक्य बज्राचार्यले २६३ मत पाएकी छन्।

उपप्रमुखमा नेकपा माओवादी केन्द्रले बाबुराज बज्राचार्यले १०४ मत ल्याएका छन्।

उनी सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार हुन्।

साझा उम्मेदवार भए पनि बज्राचार्यले कांग्रेसनिकट मतदाताको मत नपाएको आशंका उब्जिएको छ।

निर्वाचन आयोग स्रोतका अनुसार ललितपुरमा १८८ जनाले उम्मेदवार नै नभएको चुनाव चिन्ह ‘रुख’ मा मत दिएको पाइएको छ।

महानगरको प्रमुखका लागि एमालेबाट व्यञ्जनकार, कांग्रेसबाट महर्जन, विवेकशील साझाबाट उज्वलकृष्ण श्रेष्ठ,

राप्रपाबाट हष्टबहादुर महर्जन, नेमकिपाबाट अशोक महर्जन उम्मेदवार छन्।

उपप्रमुखका लागि एमालेले मञ्जली शाक्य बज्राचार्य, नेकपा माओवादी केन्द्रले बाबुराज बज्राचार्य,

राप्रपाले स्वर्णिमा शाक्य, नेमकिपाले ममिता श्रेष्ठलाई अघि सारेको छ।

२०७४ को स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिका प्रमुखमा कांग्रेसका महर्जन २४ हजार ६४२ मतका साथ विजयी भएका थिए।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका व्यञ्जनकारले २४ हजार ३१६ मत पाएका थिए।

महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका रमेश महर्जनले १३ हजार ४५८ र नेकपा माओवादी केन्द्रका उम्मेदवार दिनेश महर्जनले १० हजार ६६१ मत ल्याएका थिए।

यस्तै महानगरको उपप्रमुखमा विजयी कांग्रेसकी गीता सत्यालले १९ हजार ८१९ मत ल्याएकी थिइन्।

उनकी निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार शोभा शाक्यले १४ हजार २४० मत पाएकी थिइन्।

महानगरको उपप्रमुखमा माओवादीका हसिना शाक्यले १२ हजार ९७९ र राप्रपाका बाबुकाजी प्रधानले १० हजार ५४० मत ल्याएका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय