मंगलबार , बैसाख ११, २०८१

काठमाडौं:

डोल्पाको शे(फोक्सुण्डो गाँउपालिका अध्यक्षमा एमालेका धाव सम्डुक गुरुङ निर्बिरोध निर्वाचित हुनुभएको छन ।

अध्यक्षमा एमालेका गुरूङबाहेक कसैको पनि उम्मेदवारी नपरेपछि उहाँ निर्बिरोध बन्नुभएको हो ।

अध्यक्षमा निर्बिरोध हुने गुरुङ नेकपा एमाले डोल्पाको उपसचिव हुनुहुन्छ ।

उहाँका अनुसार गाउँपालिकाको ९ वटा वडामध्ये ६ वटा वडामा नेकपा एमालेका उम्मेदवार निर्बिरोध हुनुभएको छ ।

गुरूङका अनुसार वडा नम्बर १, ३, ५, ६, ७ र ९ मा एमालेका उम्मेदवारहरू प्यानलै सहित निर्विरोध निर्विाचित भएका छन ।

गुरूङका अनुसार वडा नम्बर १ मा जिग्मे छोइङ नोर्बु लामाको प्यानल नै निर्वािरोध भएको छ ।

त्यस्तै वडा नम्बर ३ मा पेम्मा ग्रिमेत गुरुङको प्यानल नै निर्विरोध भएको छ ।

वडा नम्बर ५ मा कार्मा तार्के गुरुङको प्यानल नै निर्विरोध भएको छ। त्यस्तै वडा नम्बर ६ मा रिग्जिन गुरुङको प्यानल नै निर्विरोध भएको छ।

वडा नम्बर ७ मा पेम्मा छिरिङ गुरुङको प्यानल नै निर्विरोध भएको छ । त्यस्तै वडा नम्बर ९ मा लार्के लामाको प्यानल नै निर्विरोध भएको छ।

यद्यपी निर्वाचन आयोगले उनीहरूको निर्विरोधको सूचना प्रकाशित गर्न बाँकी रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय