बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

काठमाडौं महानगरपालिकाको मतगणना जारी रहँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले पहिलो बलमै छक्का हानेका छन् ।

बालेनले गणना भइरहेको महानगरको ३२ नम्बर वडामा आश्चर्यजनक भोट ल्याइरहेको छ ।

बालेनले काठमाडौंमा सुरुवाती अग्रता लिइरहेका छन् । दुई ठूला पार्टीका उम्मेदवारहरुलाई पछि धकेल्दै लिएको अग्रता

यदि अन्तिमसम्म कायम रह्यो भने उनले ऐतिहासिक जित हासिल गर्दै मेयरको कुर्सीमा बस्ने पक्का छ ।

अहिले मतगणनाको निकै प्रारम्भिक चरण हो । सुरुमा वडा नम्बर १ र वडा नम्बर ३२ को मतगणना भइरहेको छ ।

यी दुवै वडा अघिल्लो स्थानीय चुनावमा एमालेले जितेका थिए । वडा नम्बर १ को मतगणनामा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ ।

यसमा कांग्रेसका सिर्जना सिंह, एमालेका केशव स्थापित र बालेनले हाराहारी मत ल्याइरहेका छन् ।

तर, वडा नम्बर ३२ मा भने बालेनको जबरजस्त क्रेज देखिएको छ ।

यो वडामा हालसम्म भएको मतगणनामा बालेनले आधाभन्दा बढी मत प्राप्त गरिरहेका छन्

अर्थात् अरु सबै उम्मेदवारले एकमुष्ट पाएको मतभन्दा बालेनले एक्लै पाएको मत बढी छ ।

काठमाडौं–३२ बाट अघिल्लो चुनावमा एमालेका नवराज पराजुली विजयी भएका थिए ।

निकटतम प्रतिस्पर्धीमा कांग्रेस थियो । दुवै पार्टीको संगठित भोट रहेको क्षेत्रमा बालेनलाई खसेको मत आश्चर्यजनक छ ।

काठमाडौंको तीनकुनेदेखि कोटेश्वर, नरेफाँट, पेप्सीकोला हुँदै खहरेसम्म वडा नम्बर ३२ अन्तर्गत पर्छ । काठमाडौंको कोर

एरियाभन्दा यस क्षेत्रका मतदाताहरु फरक छन् । बालेनले आशा गरेको पनि यस्तै नयाँ बस्ती भएका क्षेत्रहरुबाट थियो ।

अब भित्री बस्तीहरुमा पुग्दा उनले वास्तविक परीक्षा दिनुपर्ने हुन सक्छ । यो नै उनको ठूलो चुनौती देखिएको छ । भित्री नेवार

बस्तीहरुमा उनले अरु दुई उम्मेदवारकै हाराहारीमा मत ल्याएको खण्डमा पनि जित सुनिश्चित गर्न सक्नेछन् ।

वडा नम्बर ३२ को कुरा गर्दा स्मरणीय छ कि यो नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको एरिया पनि हो ।

नेपालको आफ्नै निवास यही वडामा पर्ने कोटेश्वरमा छ । यो वडा नेपालले संसदीय चुनाव जितेको काठमाडौं क्षेत्र नम्बर २ मा पर्छ ।

अहिलेको ट्रेन्ड हेर्दा ३२ नम्बर वडाबाट बालेनलाई तटस्थ भोटहरु मात्रै नभएर परम्परागत रुपमा एमाले र कांग्रेसलाई पर्ने गरेको भोट पनि उल्लेख्य संख्यामा परेको छ ।

धेरेले अरु पदमा आ–आफ्ना पार्टीका उम्मेदवारलाई दिएर मेयरमा लौरोमा छाप लगाएको पाइएको छ । खासगरी युवा पुस्ताका अधिकांशले उनलाई भोट दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय