बिहिबार , चैत्र १५, २०८०

काठमाडौं:

१. रुकुम पश्चिमको सानीभेरी १ मा माओवादी केन्द्रको प्यानलै विजयी – टेकबहादुर पुन . ५ सय ६१ |

२. सल्यान जिल्लाको कुमाख गाउँपालिका १ मा माओवादी केन्द्रबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका डिल्ली राना विजयी भएका छन् ।

उनले ६ सय ८ मत ल्याएका छन् । ३. अछाम रामारोशन गाउँपालिका मलातिकाकोट -१ को वडा

अध्यक्षमा माओवादी केन्द्रका चक्रबहादुर साउदको प्यानल विजयी भएको छ ।

५. राप्ती गाउँपालिका – ९ मा माओवादीका उम्मेदवार रिमबहादुर सुनारी मगर विजयी भएका छन् ।

६. सल्यानको खुमाख गापा ७ मा पनि माओवादी केन्द्रको पुरै प्यानल बिजयी-डम्बर शाही

७. रोल्पाको थबाङ बागा ५ मा माओवादीको पुरै प्यानल बिजयी-गोबर्धन घर्ती मगर

८. भोजपुर नपा १ मा पनि माओवादी बिजयी-जीरामणि राई ९. दार्चुला अपिहिमाल गाउँपालिका- ६ मा गठबन्धनका धनसिंह धामी

१०. रामारोशन गाउँपालिका वडा नम्बर १ मलातीकोटमा माओवादीका चक्र साउद

मतदान शुरु नहुँदै भरतपुरमा सुरु भयो लफडा, कांग्रेसका बागी जगन्नाथ एकाएक उत्रिए मैदानमा !

भरतपुर महानगरपालिकामा बबण्डर सुरु भएको छ । गतचुनावमा मतपत्र च्यातिएको प्रकरण दोहोरिन सक्ने भन्दै त्यहा उच्च

सतर्कता अपनाइएको छ । भरतपुर महानगरपालिका–७ स्थित राष्ट्रिय आधारभूत मावि कृष्णपुरमा गठबन्धनले मतदातालाई नमूना मतपत्र बाँडेपछि होहल्ला भएको छ।

महानगरको मेयर पदमा नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेल मतदानका लागि निर्वाचन केन्द्र पुग्दा मतदाताले

गठबन्धनले नमूना मतपत्र बाँडेको भन्दै निर्वाचन आयोगमा उजुरी गरिदिन आग्रह गरेका थिए।

पौडेलले गठबन्धनले मतदान केन्द्रमै नमूना मतपत्र बाँडेर आचार संहिताको उल्लंघन गरेको भन्दै आवश्यक कारबाही गर्न निर्वाचन आयोगलाई आग्रह गरे।

उनले निर्वाचनमा जीत–हार सामान्य प्रक्रिया भए पनि गठबन्धनले जबर्जस्ती पेलेर धाँधली गरिरहेको आरोप लगाए।

मेयरका उम्मेदवार पौडेल मतदान केन्द्रमा पुग्दा फोटो खिच्न गएका पत्रकारलाई गठबन्धनका स्थानीय नेताहरूले क्यामेरा फुटाउने धम्की दिएका थिए।

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेताहरू पौडेल भोट हाल्न पुग्दा आक्रोशित देखिन्थे।भोट हाल्न गएका माधव नेपालमाथि भयो यति ठूलो अपमान,

भिडियो छायो सामाजिक सञ्जालमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि ठूलो अपमान र दुर्व्यवहार भएको छ। रौतहटको गौर

नगरपालिका १ स्थित रामजानकी कन्या विद्यालयमा मतदान गर्न पुग्ने क्रममा मतदाताले दुर्व्यवहार गरेका हुन्।

नेपाललाई चोर भन्दै मतदाताले नारा लगाएपछि हुलदंगा मच्चिएको थियो। मतदाताले लगाएको नारावाला भिडियो सामाजिक

सञ्जालमा छाएको छ । नेपालले मतदान गरेर बाहिर निस्कने क्रममा मतदाताले नारा जुलुस गर्दै अवरोध गरेका थिए।नेपाललाई

एमाले नेता कार्यकर्ताले नारा जुलुस गर्दै दुर्व्यवहार गरेको हुन सक्ने आकलन गरिएको छ।

यस्तै यता नेपालले रौतहटको गौरको रामजनकी कन्या विद्यालयबाट मतदान गरेपछि उनले चुनावको बेला पैसाको बिगबिगी र भोजभतेरको लर्को रहेको बताएका हुन ।

‘पैसाको बिगबिगी र भोजभतेरलाई रोक्न निर्वाचन आयोग सफल भएको पाइएन,’ उनले भने,’यो पाराले चल्ने वाला छैन ।’

प्रहरी प्रशासनले साँचो अर्थमा न्युट्रल र प्रभावकारी बन्ने हो भन्ने भूमिका महत्वपूर्ण रहेको नेपालले बताए । ‘यसमा निर्वाचन आयोगको भूमिका महत्वपूर्ण छ ,’ उनले भने ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय