मंगलबार , बैसाख ११, २०८१

काठमाडौं:

भरतपुर महानगरपालिकाको सुरुवाती अवस्थामा माओवादी केन्द्रकी मेयरकी उम्मेद्धवार रेनु दाहालले अग्रता कायम गरेकी छिन् ।

उनलाई एमालेका विजय सुवेदीले पछ्याएका छन् । हालसम्म २८ भोटको गणना सम्पन्न भएको छ ।

जसमा रेनुले १२ भोट र विजयले ११ भोट ल्याएका छन् । उनीहरुबीच जम्मा १ भोटको फरक छ। उता,

नेपाली कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले भने १ मत प्राप्त गरेका छन् ।

भरतपुरमा रेनु सत्तापक्षीय गठबन्धनबाट साझा उम्मेद्धवारको रुपमा उठेकी हुन भने सुवेदी एमाले–राप्रपाको गठबन्धनबाट उठेका हुन् ।

काठमाडौं, ३१ बैशाख। हिजो (शुक्रबार) भएको स्थानीय तहको निर्वाचनको मतपरीणाम धमाधम आउन थालेको छ ।

अहिलेसम्म सबैभन्दा धेरै पालिकाको प्रमुख तथा उपप्रमुखमा नेकपा (एमाले) का उम्मेद्धवार विजयी भएका छन् ।

उसले ५ पालिकामा प्रमुख र ३ उपप्रमुख हात पारेको छ । उता, दोस्रोमा भने नेपाली कांग्रेस रहेको छ ।

उसले ४ प्रमुख र ३ उपप्रमुख जितेको छ । माओवादी केन्द्रले भने प्रमुखमा अहिलेसम्म जित हाँसिल गर्न सकेको छैन् । उसले १ उपप्रमुख जितेको छ ।

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले भने २ प्रमखु र १ उपप्रमुखमा जित हाँसिल गरेको छ।

जनता समाजवादी र लोकतान्त्रिक समाजवादीले पनिअहिलेसम्म खाता खोल्न सकेका छैनन् ।

अहिलेसम्मको अवस्था हेर्दा देशभरिमा सबैभन्दा धेरै पालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । उसले १०१ स्थानमा प्रमुखमा अग्रता लिएको छ भने

८२ स्थानमा उपप्रमुखमा अग्रता लिएको छ ।अग्रता कायम गर्ने दोस्रो दलमा भने एमाले रहेको छ ।

उसले अहिलेसम्मको अवस्थामा ६५ स्थानमा प्रमुख पदमा लिड गरेको छ भने ६६ उपप्रमुख पदमा अग्रता कायम गरकेो छ ।
तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले भने प्रमुखमा ५० भन्दा बढि स्थानमा अग्रता कायम गरेको छ भने ४० उपप्रमुखमा अग्रता छ।

नेकपा (एकीकृत समाजवादी) ले ६ प्रमुख र ४ उपप्रमुखमा अग्रता बनाएको छ। जनता समाजवादीले ४ प्रमुख र ५ उपप्रमुखमा अग्रता बनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय