मंगलबार , बैसाख ४, २०८१

काठमाडौँ –

चितवनको भरतपुर महानगरपालिकामा १०१ मत गन्दा मेयरमा नेकपा एमालेका विजय सुवेदीले अग्रता लिएका छन्।

सुवेदीले ४१ मत पाउँदा गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले ३७ मत पाएकी छन्।

स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले ८ मत पाएका छन्। मतगणना जारी छ।

भरतपुरमा रेनु सत्तापक्षीय गठबन्धनबाट साझा उम्मेद्धवारको रुपमा उठेकी हुन भने सुवेदी एमाले–राप्रपाको गठबन्धनबाट

उठेका हुन् । भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ ।

जिल्लाको अन्य ६ पालिकाको गणना शुक्रबार रातिबाट सुरु गरिएको थियो ।

भरतपुर महानगरपालिका–१ बाट मतगणना थालिएको हो । मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीका अनुसार

सुरुमा एक स्थानमा मत गणना गरिने छ भने क्रमशः गणनास्थल बढाउँदै लगिने छ ।

जेठ ५ गतेसम्ममा गणना सम्पन्न गर्ने गरी योजना बनाइएको उनले जानकारी दिए। भरतपुर महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको छ ।

सो महानगरमा एक लाख ८५ हजार ७५२ मतदाता रहेका थिए ।

यहाँ ६८ दशमलब ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय