शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

चितवनको चर्चित भरतपुर महानगरपालिकाको प्रारम्भिक मतपरिणाम आएको छ । परिणामअनुसार १२ मत गन्दा एमालेका विजय सुवेदीले पाँच मत पाएका छन् भने गठबन्धनकी उम्मेदवार रेनु दाहालले ३ मत पाएकी छन् ।

जसमा चार मत बदर भएको छ । चितवनको भरतपुर महानगरपालिकामा मतगणना सुरू भएको छ। मतगणना भइरहँदा मेयरका तीन प्रतिष्पर्धी भने कुम जोडेर बसेका छन्।

सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहाल, एमालेका विजय सुवेदी र कांग्रेसबाट बागी उम्मेदवार जगन्नाथ पौडेल सँगै बसेका हुन्। अहिले वडा नम्बर १ का तीन वटा मतपेटिका खोलेर मतगणना भइरहेको छ।

भरतपुर महानगरपालिकामा ६८.८० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। भरतपुरका २९ वटै वडामा मतदान सकिएपछि मुचुल्का उठाएर चितवन

उद्योग संघको प्रदर्शनी केन्द्रस्थित मतगणना स्थलमा ल्याइएको थियो। बालेन शाहले अग्रता लिएपछि समर्थहरूको नाराबाजी

काठमाडौं, ३१ वैशाख । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाहले प्रारम्भिक रूपमा अग्रता लिएका छन् । राष्ट्रियसभा गृहमा भइरहेको मतगणना अनुसार शाहले अन्य उम्मदेवारहरूलाई पछि पार्दै अग्रता लिइरहेका हुन् ।

शाहले अग्रता लिएपछि उनका समर्थकहरूले नाराबाजी गर्न थालेका छन् । सुरुवाती अग्रता लिइरहेका बेला उनका समर्थकहरूले ‘जित कसकाे ? बालेनको’ भन्दै नाराबाजी गर्न थालेका हुन् ।

समर्थकहरूले बालेन शाह एउटा अभियान भएको भन्दै उनको अभियानमा आम जनता सहभागी भइरहेको बताएका छन् । बालेन शाहको अग्रताले देशभर नै तरंग ल्याइरहेको उनीहरूको तर्क छ ।

बालेनको अग्रताले अब यसअघिको राजनीतिक संस्कारबाट चल्न नसक्ने प्रमाणित हुने अवस्था आएको उनका समर्थकको भनाइ छ । बालेनले पाएको भोट अन्य राजनीतिक दलका लागि नो भोटसमेत भएको उनीहरूको भनाइ छ ।

अहिलेसम्मका मतगणनाअनुसार बालेनले ११९ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई एमालेका केशव स्थापितले ९७ मत लिएर बालेनलाई पछ्याइरहेका छन् भने ८७ मतका साथ कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा देखिएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय