मंगलबार , बैसाख ११, २०८१

काठमाडौं ।

काभ्रेको धुलिखेल नगरपालिकामा पाँच दलिय गठबन्धनका उम्मेदवारको हरिबिजोग भएको छ । काभ्रेको धुलिखेल नगरपालिकामा स्वतन्त्र उमेदवारको अग्रता देखिएको हो ।

नौ सय मत गणना हुँदा स्वतन्त्र उमेदवार बिदुरबहादुर बस्नेतले अग्रता लिएका छन् । बस्नेत नेपाली कांग्रेसको नगर सभापति थिए । उनले गठबन्धनको विरोधमा स्वतन्त्र उमेदवारी दिएका थिए ।

उनै बस्नेतले अहिलेसम्म अग्रता हासिल गरेका छन् । नौ सय मत गणना गर्दा उनले ४०६ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा एमालेका उमेदवार अशोककुमार ब्यान्जुले ३४३ मत प्राप्त गरेका छन् भने गठबन्धनका आधिकारिक उमेदवार

दयासागर श्रेष्ठले जम्मा १२ मत प्राप्त गरेको पत्रकार मोतिराम तिमिल्सिनाले जानकारी दिए । मिक्लाजुङ र ग्रामथानमा कांग्रेस, उर्लाबारी र कानेपोखरीमा एमाले अगाडि

मोरङको कानेपोखरी गाउँपालिका र उर्लाबारी नगरपालिकामा एमालेले अग्रता लिएको छ । ग्रामथान र मिक्लाजुङ गाउँपालिकामा भने नेपाली कांग्रेसले अग्रता लिएको छ ।

प्रारम्भिक मतपरिणाम अनुसार ग्रामथानको अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारुले ८७ र एमालेका शिवनारायण माझी थारुले ५४ मत ल्याएका छन् ।

उपाध्यक्षमा कांग्रेसकी भुखनीकुमारी थारुले ६८ र एमालेकी गुणवतीदेवी थारुले ६४ मत ल्याएका छन् । मिक्लाजुङको अध्यक्षमा कांग्रेसका बबिकुमार राईले १०५ र एमालेका नरेन्द्रप्रसाद ढुंगेलले ७९ मत ल्याएका छन् ।

उपाध्यक्षमा माओवादीका दिनेश पौडेलले ७२ र एमालेकी निर्मला राईले २४ मत ल्याएका छन् । मोरङको कानेपोखरी गाउँपालिकामा २ हजार ४०० मत गणना गर्दा एमालेले अग्रता लिएको छ । एमाले उम्मेदवार राजमति

इङनामले ९६७, कांग्रेस उम्मेदवार सञ्जय भट्टराईले ६०७ र माओवादी उम्मेदवार सूर्यबहादुर धिमालले ४३२ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा एमालेका भोला अधिकारीले १०२४, कांग्रेसकी मनु गुरुङले ७४८ र माओवादीकी तारा ओझाले ६६८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय