बिहिबार , चैत्र १५, २०८०

काठमाडौं:

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले भरतपुरमा एमाले नै विजयी हुने दाबी गरेका छन् । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हार समेत स्वीकार गरिसकेको जिकिर गरे ।

शुक्रबार गृहनगर भरतपुरको नारायणी उच्च मावि केन्द्रबाट मतदान गरिसकेपछि सञ्चारकर्मीसँगको कुराकानीमा बादलले भने, ‘सूर्य चिन्हले जित्छ भन्ने अस्तिको भेलाबाट थाहा भइसकेको छ ।

प्रचण्डले त आज बिहान पनि हारजित स्वभाविक भन्दै बोलिसकेका छन् । यसबाट नै थाहा हुन्छ नि प्रचण्डको स्वीकारोक्ति ।’ एमालेले भरतपुर महानगरपालिकामा विजय सुवेदीलाई उठाएको छ

भने गठबन्धनको तर्फबाट प्रचण्डकी छोरी समेत रहेकी माओवादी केन्द्रकी नेतृ रेनु दाहाल उम्मेदवार छिन् । असल नेतृत्व चुनिए विदेश जानुपर्दैनथ्यो: भरतपुर महानगरपालिकामा

मेयरकी उम्मेदवार रेनु दाहाललाई यतिबेला निर्वाचनको धपेडी छ । गठबन्धनमा भागबन्डा मिलाउन सकस भयो भने माओवादी केन्द्रलाई मेयर छाडेका कारण कांग्रेसमा असन्तुष्टि छ ।

पूर्व सांसद जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनलाई बागीको दबाव अहिले पनि छ । एमालेले राप्रपासँग गठबन्धन गरेकाले पनि गटबन्धनलाई सहज छैन ।

तर पछिल्लो समयमा आफ्नो पक्षमा कांग्रेसका नेताहरू खुल्दै गएकाले माओवादी केन्द्रकी उम्मेदवार रेनुलाई केही राहत महसुस भएको छ । भरतपुर महानगरमा विकासको राम्रा काम गरेकाले लोकप्रिय मतका साथ चुनाव जित्ने रेनुको दाबी छ ।

प्रस्तुत छ, मेयरकी उम्मेदवार दाहालसँग अनलाइनखबरकर्मी सुवास पण्डितले गरेको कुराकानी :

चुनावी प्रचारप्रसारको अन्तिम क्षणतिर हुनुहुन्छ, कस्तो छ अवस्था ? गठबन्धनको उम्मेदवार समयमा टुंग्याउन समस्या भयो । पालिका र वडाहरू मिलाउँदा समय लियो । यसले गर्दा चुनाव प्रचार–प्रसारमा जान केही ढिला भएको छ ।

तर जनताको बीचमा पुगिरहेका छौं । सबै वडामा कोणसभा गरेर घरदैलो भइरहेको छ । आम मतदाताको बुझाइ विकासका लागि रेनु दाहाललाई एकपटक फेरि मत दिनुपर्छ भन्ने पाएकी छु ।

तपाईं आफैंले दोस्रोपटक मेयर हुन रहर छैन भन्नुभएको थियो । मेयर नछाड्न कांग्रेसमा चर्को दबाव थियो । यो सबका बावजुद फेरि किन उम्मेदवार बन्नुभयो ?

व्यक्तिगत हिसाबले भन्ने हो भने म मेयर दोहोरिन खोजेकी थिइनँ । राजनीतिक रूपमा माथि जाने, सांसद, मन्त्री हुन ठूलो कुरा थिएन । तर भरतपुरमा आफूले अघि सारेका योजनाहरूलाई पूर्णता दिन दोहोरिनुपर्ने अवस्था आयो ।

स्थानीय तहमा काम गर्न चुनौतीपूर्ण छ, मैले त्यही चुनौती रोजें । तपाईंलाई मेयर छाड्दा कांग्रेसभित्र देखिएको विवादले चुनावी नतिजालाई असर पार्ला नि ? केही न केही असर त पक्कै गर्छ ।

यो अवस्था सम्हाल्न पनि समय लाग्यो । यहाँको सबै शक्ति त्यसमा लगाउनु परेको नै छ । समय त्यता बढी खर्च गर्दा मतदाताको बीचमा पुग्न कठिन भयो । तर अहिले केही सम्हालिएको छ, कांग्रेसको नेतृत्व पनि प्रष्ट भएको छ ।

किनकि तालमेल दया–मायाले होइन, राष्ट्रिय राजनीतिक आवश्यकताले गठबन्धन बनेको हो । म पाँचदलीय गठबन्धनको साझा उम्मेदवार र महिला भएको हिसाबले पनि मेरो पक्षमा राम्रो माहोल बनेको छ ।

युवाको मन जितेकी छु, सबैको साथ र सहयोग रहनेछ । १० हजार त लोकप्रिय मत नै आउँछ । तर तपाईंलाई जिताउन भरतपुरमा राज्यशक्तिको चरम दुरुपयोग भयो भन्ने छ नि !

चुनाव भरतपुरकेन्द्रित भएको छ, मलाई केन्द्रमा राखेर यस्तो भएको हो जस्तो लाग्दैन । राजनीतिको म त एउटा फुच्ची हो, रेनु दाहाल व्यक्ति केही हैन, पाँचदलीय गठबन्धनको प्रतिष्ठाको विषय बनेको छ ।

रेनु दाहाललाई कसरी हराउने र कसरी जिताउने भन्ने प्रतिष्ठाकै विषय बनेको छ । एकातिर वाम लोकतान्त्रिक गठबन्धन छ भने अर्कोतिर एमाले राप्रपाको अर्को गठबन्धन छ । एउटाले अर्कोलाई हराउन आ–आफ्नो ढंगले लागिरहेका छन् ।

त्यही सिलसिलामा पाँचदलीय गठबन्धनको हिसाबले नेताहरू भरतपुर आउनुभएको हो, बाहिर चर्चा गरिए जस्तो भरतपुरमा राज्यशक्तिको दुरुपयोग भएको छैन ।

भरतपुरको स्थानीय तहको चुनाव राष्ट्रिय राजनीतिमा चर्चामा हुने गरेको छ किन यस्तो हुन्छ जस्तो लाग्छ ? अध्यक्ष कमरेड प्रचण्ड यही (चितवन) जिल्लाको हुुनुहुन्छ । अध्यक्ष कमरेड प्रचण्डको राष्ट्रिय राजनीतिमा भूमिका भएकै कारणले धेरैले भरतपुरको चुनावलाई प्रतिष्ठाको विषय बनाएका छन् । कामका हिसाबले पनि भरतपुर चर्चामै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय