शनिबार , बैसाख ८, २०८१

काठमाडौं ।

काठमाडौंबासीले यसपटक स्थानीय चुनावमा इतिहास रच्ने देखिएको छ । दलका उम्मेदवारहरुलाई पाखा लगाउदै स्वतन्त्र उम्मेदवार बालेन शाहले जित्ने सम्भावना झनै बढेको छ ।

जनप्रतिनिधि छान्न खासै उत्साह देखाएनन्। तथ्य यस्तो देखियो कि काठमाडौंका ४० प्रतिशत बढी मतदाताले कसैलाई भोट हाल्ने जाँगर देखाएनन्।

४० प्रतिशत बढी मतदाता दलका रहेका र यसले बालेनका दुइटै हातमा लड्डु परेको छ । नेपाली कांग्रेसले प्रकाशमान सिंहकी धर्मपत्नीलाई टिकट दिएको र एमालेले ‘मिटु’ को

विवादमा फसेका केशव स्थापितलाई उम्मेदवार बनाएका कारण काठमाडौंबासीहरु मतदानमा निराश देखिएका हुन्। काठमाडौंका मतदाता निराश देखिएको प्रमाण हो यहाँ खसेको मत प्रतिशत।

शुक्रबार राति साढे ८ बजे हामीले निर्वाचन आयोगका अधिकारीहरुसँग सम्पर्क गर्दा देशभरि खसेको मतको प्रतिशत निकाल्ने काम भइरहेको जवाफ पाइयो।

आयोगका एक अधिकारीका अनुसार काठमाडौंमा ५२ प्रतिशत मात्र मत खसेको अनुमान छ। अन्तिम हिसाब निकाल्दा केही बढे पनि ५५ प्रतिशत भन्दा कम मतदाताले

मात्रै महानगरमा मतदान गरेको पाइएको छ। यसअघि नेकपा एमालेका नेताहरुले नयाँ पुस्ताका मतदाताबाट एमालेलाई मतदान हुने दाबी गर्दै आएका थिए।

तर, मतदाताको संख्या ह्वात्तै घटेपछि यसको प्रत्यक्ष असर कांग्रेस र एमाले दुवै दलका उम्मेदवारलाई पर्ने देखिएको छ। पछिल्लो समय युवा पुस्ताका मात्र हैन,

लठ्ठी टेक्ने बूढो पुस्ताले समेत स्वतन्त्र उम्मेदवार बालेन शाहलाई रोजेको देखिएको छ। शुक्रबार मतदानका दिनसम्म आइपुग्दा बालेनप्रति देखिएको आकर्षणले कांग्रेस,

एमालेका उम्मेदवारलाई बालेनले टक्कर दिने प्रष्ट देखिएको छ। नयाँ बानेश्वरका एक मतदाताले मतदानस्थलबाट फर्केर भने, ‘बालेन शाहप्रति आकर्षण ह्वात्तै बढेको देखियो, उनी काठमाडौंको मेयरमा विजयी बने भने मचाहिँ अचम्म मान्दिनँ।’

त्यसो त काठमाडौंका मतदाताले परिवर्तन रुचाउँदै आएको देखिन्छ। कतिपय बेलामा उनीहरुले व्यवस्थाप्रतिको असन्तुष्टि प्रकट गर्नेक्रममा कसैले नसोचेको उम्मेदवारलाई जिताउने गरेको रेकर्ड छ।

निराश काठमाडौंले कहिलेकाहीँ ‘दाइलाई भन्दा गाईलाई’ रोज्ने गरेको समेत देखिएको छ। यसपटक काठमाडौंका करिब ४० प्रतिशतभन्दा बढी मतदाताले मतदानमा भागै नलिएर सत्तारुढ दलप्रतिको असन्तुष्टि प्रकट गरेका छन्। र, यसको सोझो फाइदा बालेनले उठाउने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय