मंगलबार , बैसाख ११, २०८१

काठमाडौं ।

सत्ता गठबन्धनका नेताहरु आफ्नो चुनाव चिह्न नै भुसुक्कै बिर्सन थालेका छन् । सत्ता गठबन्धनका शीर्ष नेता तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कलम

चिह्न आज बिर्सिएका छन् । कलम लिएर नेपाल नेतृत्वको पार्टी स्थानीय तह निर्वाचनमा होमिएको छ । पाँच दलीय गठबन्धनसँग चुनावी तालमेल गरेको समाजवादीले

ललितपुरको महालक्ष्मी नगरपालिकामा भने एक्लै लडेको छ । मंगलवार समाजवादीको अन्तिम चुनावी सभामा ललितपुरको महालक्ष्मी नगरपालिकाको लुबुमा थियो ।

जहाँ अध्यक्ष नेपालले सम्बोधन गरे । सम्बोधन गर्दै गर्दा उनले आफ्ना उम्मेदवारलाई सूर्यमा मतदान गरेर जिताउन आग्रह गरे । उनले भने, ‘हाम्रो उम्मेदवारहरुलाई सूर्यमा मात्रै छाप लगाउँदै

जाने हो मेयरमा‘(कार्यकर्ताले रोकेपछि) सूर्यलाई उहिले पनि मैले नै ल्याएको हो । सूर्यलाई अस्वीकार गरेर कलममा चिह्न लगाएर सबै हाम्रो उम्मेदवार जिताउनका लागि‘।’

यसअघि लामो समय नेकपा एमालेमा रहेका नेपाललाई विगतको सम्झना आएको हुनसक्छ । जसले गर्दा कमल चिन्हमा मत माग्नुपर्नेमा उनले सूर्य चिह्नमा मत मागेका थिए ।

सूर्यमा मत माग्दै गरेका नेपाललाई उनका कार्यकर्ताले रोकेर कलम चिन्हमा मत माग्न अनुरोध गरे । त्यसपछि पनि उनी एकछिन अकमक्किए ।

एक छिन अलमल्ल एका नेपालले पछि सूर्यलाई पराजित गर्न कलम चिन्हमा मतदान गर्न आग्रह गरे । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच

दलीय गठबन्धनले जनताको विश्वास जित्दै आएको बताएका छन्। पाँच दलीय गठबन्धनद्वारा आज पोखरामा आयोजित चुनावी सभामा उनले अहिलेको लोकतान्त्रिक र वामपन्थी

गठबन्धन इतिहासको लामो कालखण्डमा खारिँदै आएको र प्रत्येक मोडमा आफ्नो विचार र व्यवहारबाट नै जनताको विश्वास जित्दै आएको उल्लेख गरे।

उनले भने, “गठबन्धन गरेर हामीले राम्रो र सही काम गरेका छौँ। कांगेस र कम्युनिष्ट मिलेर नै विसं २००७ र विसं २०४६ सालको परिर्वतन गरेका हौँ।

विसं २०६२ को जनआन्दोलन सफल पारेर गणतन्त्र स्थापना गर्दै संविधानसभाको चुनाव र संविधान निर्माण गरेर घोषणा पनि गठबन्धनबाट नै सम्भव भएको हो।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले दक्षिणपन्थी र संविधान विरोधी गठबन्धन गर्दै दुई/दुई

पटक संविधानको गलत व्याख्या गरेर प्रधानमन्त्रीको अधिकारको दुरुपयोग गरेर संसद् विघटन गरेको आरोप लगाए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय