बिहिबार , बैसाख ६, २०८१

काठमाडौँ –

नेकपा (एकीकृत समाजवादी) कञ्चनपुरले १२ जना नेता कार्यकर्तालाई कारबाही गरेको छ । पार्टीको अन्तरिम विधान २०७८ विपरित

गतिविधि सञ्चालन गरेको भन्दै एकीकृत समाजवादीले जिल्लाका विभिन्न ठाउँका १२ जना नेता कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको हो ।

कारबाहीमा पर्नेमा रामबहादुर ऐडी (बेदकोट–४), डम्बर भट्ट (बेदकोट–१०), शंकर भट्ट (बेदकोट–४), प्रकाश राना (लालझाडी), रन सिंह सुनार (शुक्लाफाँटा–११),

हिरामान श्रेष्ठ (बेलौरी–४) र केशवराज कडेँल (बेलौरी–६) रहेका छन्। यस्तै, पुनम श्रेष्ठ (बेलौरी–४), अशोक श्रेष्ठ (बेलौरी–४), राजेन्द्र बडू (बेलौरी–३)

हेमन्त कुमार श्रेष्ठ (बेलौरी–७) र धनबहादुर सार्की (बेलौरी–६) लाई पनि एकीकृत समाजवादीले साधारण सदस्य नरहने गरी निष्कासन गरेको छ।

अन्तरिम विधान २०७८ विपरित गतिविधि गरेकाले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको नेकपा एकीकृत

समाजवादी कञ्चनपुरका सचिव हरक सिंह धामीले जानकारी दिए। माधव नेपाललाई ओलीको जवाफ : को सकिन्छ ३० वैशाखपछि थाहा हुन्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई को खत्तम रहेछ भन्ने ३० वैशाखको निर्वाचनपछि थाहा हुने जवाफ

दिएका छन् । आइतबार पोखरामा आयोजित सत्तारुढ गठबन्धनले आयोजना गरेको आमसभामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेलाई कुहिएको फर्सीको

संज्ञा दिएका थिए । सोमबार पोखरामै एमालेले गरेको आमसभामा अध्यक्ष ओलीले नेता नेपाललाई जवाफ दिँदै को खत्तम भएछ भन्ने निर्वाचनपछि थाहा हुने बताए ।

‘एमालेको १५ वर्ष रस चुसेर, एमालेको काँधमा चढेर एमालेको बुइ चढेर २१ महिना प्रधनमन्त्री भएका एक जना मान्छे भन्दै थिए एमाले सिध्याउनैपर्छ ।

कांग्रेसलाई धम्क्याउँदै थिए, केपी ओली समाप्त भए रे’ उनले भने, ‘…वैशाख ३० गतेको परिणाम आएपछि को सकिएछ, को खत्तम भएछ जनताले बताउँछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय